काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।
शुक्रबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको दाबी गरेका छन् । उनले भने ‘भ्रमणका लागि यथासक्य सानो र छरितो प्रतिनिधि मण्डल बनाइएको छ ।’
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री दाहालले, ।टोली सानो बनाइएको बताए ।
सो भ्रमणका क्रममा आफूले संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेका जलवायु परिर्वतन लगायतका विषयमा महत्वपूर्ण साइडलाईन वार्ता गर्ने अवसर प्राप्त गरेको उनले बताए ।
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन्। बैठकमा उनले आफ्नो चीन भ्रमणबारे पनि जानकारी गराए ।
Facebook Comments Box
