Author: खबरमञ्च

काठमाडौँ । रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ । आज हुने विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती रहेको बताइएको छ । नेम्वाङको वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए । उनीहरुले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका हुन् । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णयसहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् । विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश…

Read More

जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी प्रशासनको माग गर्दै संघीय सरकारको ध्यानाकर्षण गराउने भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले यसका लागि प्रधानमन्त्रीलाई बिहीबार ज्ञापनपत्र बुझाउने जानकारी दिएका छन्। मुख्यमन्त्री यादवले प्रदेशको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक काम गर्न नसकेको आज पत्रकार सम्मेलनमा बताए । उनले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै भोलि बिहीबार ज्ञापनपत्र बुझाउन लागिएको बताए । यो मागमा प्रतिपक्षी दलको पनि साथ रहेको भन्दै एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मुख्यमन्त्री यादवले चेतावनी दिए । उस्तैपरेमा, ‘संघीय राजधानी र जनकपुरमा मात्रै होइन, गाउँ…

Read More

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिश्चरे शाखाले २३ औँ साधारणसभाका लागि प्रारम्भिक सदस्य भेला सम्पन्न गरेको छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले मंसिर १२ गते हुन लागेको इकाइगत साधारणसभाका लागि प्रतिनिधि छनोटका साथै शाखामा भएका गतिबिधिका बिषयमा सेयर सदस्यहरुलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको कार्णाली बचत तथा ऋण सहकारी संस्थाका ऋण उप-समिति सदस्य तथा कार्यक्रमका अध्यक्ष गोबिन्दविक्रम गिरीले बताए । कर्णाली बचत तथा ऋण सहकारीले झापा मोरङ र इलाममा गरी ४१ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । २०५७ साल पुष ०४ गतेबाट संचालनमा आएको उक्त सहकारीले ५३ हजार ७ सय ८१ जना सदस्य…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ । बुधबार काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जालमार्फत बिहीबारदेखि महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएका छौं ।’ उनले सडकमा छाडिएका चौपाया सवारी दुर्घटनाको जोखिम भएको कारण जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेको भन्दै लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका जानकारी दिए…

Read More

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रपतिलाई उपलव्ध गराइए सरहको सुविधा दिने तयारी गरिरहेको थाहा भएको छ। पूर्व राष्ट्राध्यक्ष हैसियतको सम्मान दिएर पूर्व राजालाई सुविधा दिनुपर्छ भनेर माग भइरहेकोले सरकार औपचारिक निणर्यको तयारीमा रहेको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका शीर्ष नेताहरुसँग यस बिषयमा परामर्श गरिरहेका छन्। उनले मंगलबार बसेको सर्वदलीय वैठकमा पनि यसबारे सामान्य चर्चा गरेका थिए। मन्त्रिपरिषदका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार पूर्व राजाको राजनीतिक सक्रियता बढ्दै गएकाले उनलाई पूर्व राष्ट्रपतिलाई दिने सरहको सुविधा थिएर ‘थान्को लाउन’ यस्तो निणर्य गर्न लागिएको हो। देशका विभिन्न भागमा धार्मिक सद्भाव विरोधी गतिविधिमा संलग्न मानिसहरुले पूर्व राजालाई…

Read More

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । औपचारीक भ्रमणमा बुधबार नेपाल आउन लागेका वाङको उच्चस्तरीय राजनीतिक भेटघाट कार्यक्रम रहेको छ । नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसमेत साथै लिएर आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्ने छन् । वाङले आज उपराष्ट्रपति रामसहाय यादवलाई भेट्ने छन् । बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनितादेवीसँग भेट गर्ने कार्यक्रम रहेको छ । २५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने छन् । चीन भ्रमणको क्रममा १० असोजमा…

Read More

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पार्टी कार्यलय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो । आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति, राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाइएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको समीक्षा गर्नु कसैसंग डराएको नहुने बताएका छन् । आफैले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसंग उनले सामान्य समीक्षाको समय आयो भन्ने लागेर बैठक बोलाइएको र कसैसंग डराउने सवालै नरहेको बताए । उनले भने, ‘हिजो नेपालको आधुनिक राजनीतिक इतिहासको सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउँन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको सामान्य समिक्षात्मक बैठक थियो ।’ दलहरुमा संत्रास बढेको हो भन्ने प्रश्नमा उनले भने, ‘सन्त्रासको कुरा होइन, अब यो समय आएको छ, हामी एकपटक सामान्य समीक्षा गरौं भनेर गरिएको हो । यो प्रक्रिया अगाडि पनि बढ्छ । कसैसँग डराएको छैन । ’

Read More

काठमाडौं । प्रमुख राजनीतिक दलले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकालेको छ । बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् । ‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं ।’ बैठकपछि एमाले सचेतक महेश बर्तौलाले व्यवस्थामाथि जसरी जनस्तरबाट नकारात्मक टिप्पणीहरु गराउँने, खेती भईरहेको छ र जसरी…

Read More