काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको समीक्षा गर्नु कसैसंग डराएको नहुने बताएका छन् ।
आफैले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसंग उनले सामान्य समीक्षाको समय आयो भन्ने लागेर बैठक बोलाइएको र कसैसंग डराउने सवालै नरहेको बताए ।
उनले भने, ‘हिजो नेपालको आधुनिक राजनीतिक इतिहासको सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउँन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको सामान्य समिक्षात्मक बैठक थियो ।’
दलहरुमा संत्रास बढेको हो भन्ने प्रश्नमा उनले भने, ‘सन्त्रासको कुरा होइन, अब यो समय आएको छ, हामी एकपटक सामान्य समीक्षा गरौं भनेर गरिएको हो । यो प्रक्रिया अगाडि पनि बढ्छ । कसैसँग डराएको छैन । ’
Facebook Comments Box
