Author: खबरमञ्च
अमेरिका । इसाई धर्म मान्नेहरूको एक पर्वका रुपमा हेलोइन पर्वलाई लिइन्छ । पश्चिमा देशहरूमा उक्त पर्व मनाउने गरिन्छ । भूतजस्तो बनेर तर्साउने बनेर मनाइने यो पर्व प्रत्येक बर्ष अक्टोबर ३१ तारिकका दिन मनाइन्छ । नेपालमा गाईजात्रा पर्व मनाएजस्तै अमेरिकामा पनि उक्त पर्व धुमधामका साथ मनाएका छन् । तस्बिरहरूः
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मध्यराति १२ बजेबाट लागूहुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी दिएको हो । भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ।
काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा डिल्लीराम खनाललाई पक्राउ परेका छन्। नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। खनालले सामाजिक सञ्जाल मार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने प्रकाशन तथा प्रदर्शन गरेको आरोप छ। खनाललाई विद्युतिय कारोबार ऐन, २०६३ बमोजिम अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ। अभिनेत्री करिश्मा मानन्धरको निजी विषयमा आपत्तिजनक अभिव्यक्ति दिएका उनलाई यस पनि ब्युरोले पक्राउ गरेको थियो।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउने भनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ । सुनसरीको इटहरीमा आज मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निणर्य गरेको हो । जसपा प्रदेश कमिटी अध्यक्ष दीपक याक्खाका अनुसार बैठकले पार्टी तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने निणर्य गरेको छ । ‘मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा धारणा सार्वजनिक गर्नुभएको छैन’ याक्खाले भने, ‘उहाँले पहिचान पक्षधरलाई सम्बोधन हुने गरी धारणा सार्वजनिक गर्नुभयो भने सरकारमा सहभागिताबारे छलफल हुनेछ ।’ मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएको जसपाले सरकारलाई दिएको समर्थन भने यथावत् राख्ने भएको छ । मुख्यमन्त्री…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय दिन आवश्यक रहेको बताए । मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर छिटो समाधान गर्नुपर्ने बताए । उनले भने, ‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरु समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नपर्छ । सकेसम्म छिटो समाधान होस भन्न् कामना गर्नुभएको छ । हाम्रो पार्टीले उहाँको सम्बोधनलाई धन्यवाद दिन चाहन्छु ।’ महासचिव गुटेरेसले नेपाल…
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने कुराले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । मंगलबार संघीय संसदका दुबै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्दै गुटेरेसले नेपालको अन्तिम दिशामा हरेको नेपालको शान्ति प्रक्रिया पुरा गर्न संक्रमणकालिन न्याय निरुपणमार्फत सहयोग पुग्ने विश्वास व्यक्त गरे । तर यो प्रक्रिया त्यति सहज नभएको उनको भनाइ छ । तर अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे । शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन काममा नेपाल एक्लो नरहेको उनको भनाइ छ । उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डहरू, सर्वोच्च अदालतको निणर्यहरू, र पीडितहरूको आवश्यकताहरू…
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार दिउँसो संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । महासचिव गुटरेसलले राष्ट्रिय र प्रतिनिधि सभाको संयुक्त बैठकलाई अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको छ भने उनको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने सचिवालयले जनाएको छ । यसैबीच आफ्नो भ्रमणको क्रममा सोमबार पोखरा पुगेका गुटरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिवर पुगेका छन् । पदयात्राका लागि विश्वमा नै चासो र चर्चा हुने र निकै राम्रो गन्तव्य बनेको अन्नपूर्ण…
काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना प्रहरी नै पक्राउ परेका छन् । सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी हिजो नै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङको मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरी उनिमाथि आवश्यक अनुसन्धान भैरहेको छ । मानव बेचबिखनमा संलग्न गिरोहसँग मिलेर तामाङले नक्कली कागजात बनाउने र भ्रमण भिसामा समेत नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता पाइएको प्रहरीले जनाएको छ । तामाङसँगै मानव तस्करीकै अभियोगमा अर्का एक व्यक्ति समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । सोमबारदेखि नेपालमा सुरु भएको टी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ । नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे टीयू मैदानमै सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल बिहान ९ बजे तथा यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा सुरु हुनेछ । समुह चरण ए अन्तर्गतका आज…
काठमाडौं । जनता समाजवादी पार्टीले मधेश प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निणर्य गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले सञ्जिलाकुमारीको नाम पठाउँने निणर्य गरेकोपार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले जानकारी दिए। उनले भने, ‘सांसदको नाम पठाउने विषयमा पार्टीले सञ्जिलाकुमारी यादवलाई पठाउने निणर्य गरेको छ । स्वत नियममा के छ भने क्रमश आउँदै जान्छ खाली भएपछि त्यो क्रमश आउँने जानेमा सञ्जीला कुमारी यादवलाई पठाउने निणर्य भयो ।’ समानुपातिक सांसद विन्दुकुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निणर्य भएको उनले जानकारी दिए ।