काठमाडौं । जनता समाजवादी पार्टीले मधेश प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निणर्य गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले सञ्जिलाकुमारीको नाम पठाउँने निणर्य गरेकोपार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले जानकारी दिए।
उनले भने, ‘सांसदको नाम पठाउने विषयमा पार्टीले सञ्जिलाकुमारी यादवलाई पठाउने निणर्य गरेको छ । स्वत नियममा के छ भने क्रमश आउँदै जान्छ खाली भएपछि त्यो क्रमश आउँने जानेमा सञ्जीला कुमारी यादवलाई पठाउने निणर्य भयो ।’
समानुपातिक सांसद विन्दुकुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निणर्य भएको उनले जानकारी दिए ।
Facebook Comments Box