काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय दिन आवश्यक रहेको बताए ।
मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर छिटो समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरु समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नपर्छ । सकेसम्म छिटो समाधान होस भन्न् कामना गर्नुभएको छ । हाम्रो पार्टीले उहाँको सम्बोधनलाई धन्यवाद दिन चाहन्छु ।’
महासचिव गुटेरेसले नेपाल र नेपाली राष्ट्रको राम्रो मूल्याङ्कन गरेको बताए । गरिब देशहरुलाई सम्पन्न र धनी देशहरुले सहयोग समर्थन गर्नुपर्ने, संयुक्त राष्ट्रसंघमा जनाएका प्रतिवद्धताहरुलाई पूरा गर्नुपर्ने गुटेरेसको विशेष जोड रहेको उनको भनाइ छ । ओलीले गुटेरेसको सम्बोधन संक्षिप्तमा र धेरै राम्रो रहेको बताए ।
