Author: खबरमञ्च

बागलुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् । बिहीवार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने ओलीले बताए । उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको अरोप लगाए । उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे । अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको आरोप लगाए ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन् । बिहीवार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि जनतामा आशाको सञ्चार नदेखिएको बताए । उनले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताए । उनले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत बैठक र केही नयाँ घोषणा गर्नैपर्ने देखिएको बताए । उनले शासकीय सुधार गरी अर्थतन्त्रमा…

Read More

काठमाडौँ । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन् । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताए । उनले संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए । उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए । सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको बिरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताए । अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य…

Read More

झापा । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ४१ औं बार्षिक अनुष्ठान श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ भइरहेको छ । बार्षिक अनुष्ठानको मुख्य कार्यक्रमका रुपमा मंसिर १९ गतेदेखि ५ दिवसीय बृहत योग शिविरसमेत संचालन भइरहेको छ । पतञ्जी योगपीठ झापाको आयोजना तथा अर्जुनधारा जलेश्वरधाम समितिको संयोजनमा बृहत योग शिविर आयोजना गरिएको हो । स्वस्थ जीवन, सुखी जीवन, तनावमुक्त पारिवारिक जीवनका लागि योग गरौं भन्ने मूल नाराका साथ योग शिविर सञ्चालन भइरहेको हो । संचालित बृहत योग शिविरमा कार्यक्रमका प्रमुख एवं केन्द्रीय प्रभारी (योग प्रशिक्षण) नेपालका लवदेव मिश्रबाट बिहान ५ बजे देखि ७ बजेसम्म प्रशिक्षण भइरहेको धामका…

Read More

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारीहरुलाई हात्ती नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् । कोषको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतम, संरक्षण अधिकृत गोविन्द पोखरेलसहितका अधिकारीहरुलाई हात्ती नियन्त्रणका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका हुन् । बुधबार बिहान बिर्तामोडस्थित निवासमा बोलाएर उहाँले त्यस्तो निर्देशन दिएका हुन् । उनले कोषलाई स्थानीय तह र सरोकारवाला अन्य निकायसँग पनि समन्वय गर्न निर्देशन दिए । कोषका अधिकारीहरुले संस्थाले गरेका प्रयास र उपलब्धीबारे जानकारी दिएका थिए ।

Read More

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मङ्गलवार साँझ अस्पताल पुगेका थिए । आंशिक अवरोध रहेको भागमा डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

Read More

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो । बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानून बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अुनकुल खरिदबिक्री नभएको बताए । उनले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निस्कर्ष निस्किएको बताए ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले जेठ ३ गते मदन आश्रित स्मृति दिवसको अवसरमा पारेर काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको बताए ।

Read More

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मंलगबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो । अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभएसम्म सडक आन्दोलन नरोक्ने चेतावनी दिए । सरकारले समयमै यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु पर्ने नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । ‘सक्छौ भने एनसेललाई राष्ट्रियकरण गर, सक्दैनौ भने लाचार बनेर यो सरकारको कुर्सीमा नबस, जबसम्म जनतासामु पारदर्शि तरिकाले एनसेल खरिदविक्रीको विषयहरु बाहिर ल्याउँदैन् । त्यो बेलासम्म विद्यार्थीले सडक छाड्ने छैनन् ।’ उनले भने, ‘आज हामी यहाँ छौ भोली सिंहदरबार र…

Read More

काठमाडौं । महासचिवलगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ । आफ्ना नेताहरुविरुद्धको पक्राउ पुर्जी २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘आम नागरिकलाई थाहा छ कि प्रतिबन्ध…

Read More