बागलुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् ।
बिहीवार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने ओलीले बताए ।
उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको अरोप लगाए । उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।
अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको आरोप लगाए ।
Facebook Comments Box
