झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारीहरुलाई हात्ती नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् ।
कोषको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतम, संरक्षण अधिकृत गोविन्द पोखरेलसहितका अधिकारीहरुलाई हात्ती नियन्त्रणका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
बुधबार बिहान बिर्तामोडस्थित निवासमा बोलाएर उहाँले त्यस्तो निर्देशन दिएका हुन् ।
उनले कोषलाई स्थानीय तह र सरोकारवाला अन्य निकायसँग पनि समन्वय गर्न निर्देशन दिए ।
कोषका अधिकारीहरुले संस्थाले गरेका प्रयास र उपलब्धीबारे जानकारी दिएका थिए ।
Facebook Comments Box
