Author: खबरमञ्च
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई निःशुल्क कानुनी सहायता कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयनमा आउने बताएका छन् । मानवअधिकार मञ्च नेपालले सोमबार विराटनगरमा आयोजना गरेको स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एकरूपताका लागि आवश्यक कानुन तथा मापनका सूचकहरू विषयक कार्यशालामा बोल्दै उनले न्यायको पहुँचमा नपुगेका नागरिकलाई पहुँचमा ल्याउने बताए । कतिपय नागरिकहरू निवेदन लेख्न सक्ने अवस्थामा नरहेको भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘हामीले निःशुल्क रुपमा सहयो गर्नेहुने गरी बजेटमा व्यवस्था गरेका छौँ । बजेट पास हुनेबित्तिकै कार्यान्वयनमा जान्छ, त्यसमा कतिपय काम संघीय सरकारले गरिरहेको छ । संघीय सरकारको उपस्थिति नभएको ठाउँमा हामी उपस्थिति जनाउँछौँ ।’ मुख्यमन्त्री कार्कीले स्थानीय…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोषको कार्यक्रम अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताएका छन् । छैटौं सामाजिक सुरक्षा दिवस कार्यक्रम-२०८० का अवसरमा सोमबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कोषबाट सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमको सफल कार्यान्वयनले सरकार सफल हुने बताए । नेपाली नागरिकलाई कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा कोषलाई विकास गराउन सरकारले निरन्तर समन्वय गर्ने प्रतिबद्धता उनले जनाए । उनले भने, ‘सबै नेपालीको सामाजिक सुरक्षा प्रदायक संस्थाका रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु ।’ संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको…
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिले गरेका निर्णय र निर्देशन कार्यान्वयन गर्न गराउन ध्यानाकर्षण गराएका छन् । संसदीय समितिका निर्णय र निर्देशन कार्यान्वयनमा सरकारले गम्भीरतादेखाएको छैन । यो अभावलाई पूर्णता दिन सोमबार सभामुख घिमिरेले समितिका सभापतिदेखि राजनीतिक दलहरुसँगै मन्त्रीहरुको ध्यानाकर्षण गराएका हुन् । समितिमा कोरमको समस्या हल गर्न सचेतक र मुख्य सचेतकमार्फत राजनीतिक दलको पनि उनले ध्यानाकर्षण गराए । संसदीय समितिलाई बैठक बसेर विधेयकहरुलाई छिटो टुंगोमा पु¥याउन उनले सम्बद्ध सबैलाई आग्रह पनि गरे । उनले भने ‘समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारले देखाएको गम्भीरताको अभावलाई पूर्णता दिनका लागि मुख्य सचेतक र सचेतकमार्फत सम्बन्धित दलको ध्यान जाओस् र सम्बन्धित…
काठमाडौं । धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा भूतमेला लागेको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्धि प्राप्त हुने तथा घरमा कूल र भूतप्रेतले दुःख नदिने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेलामा स्थानीय पुग्ने गर्छन् । सोमबार बिहानै मेला हेर्न धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर लगायतका छिमेकी जिल्ला र भारतका कतिपय स्थानबाट धेरै संख्यामा सर्वसाधारण कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् । नदीमा स्नान गर्दा पाप क्षय हुने र आजको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने तथा नयाँ झाँक्री बन्न चाहनेका लागि पनि आजको दिन…
झापा । झापाको कमल गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । सोमबार बिहानै धारिलो हतियार प्रहार गरी छोराले बाबुको हत्या गरेका हुन् । बिहान ६:३० बजेको समयमा कमल ४ बस्ने अन्दाजी ४५–५० वर्षका भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी वर्ष २३ का आशिष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्या गरी फरार रहेका आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल वडा नं ४ दुध डेरी भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक राजधानी बाहिर महोत्तरीमा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक गर्दैछ । आजबाट महोत्तरीको जलेश्वरमा सुरु हुने केन्द्रीय समिति र संसदीय समितिको बैठकले पार्टीको विभिन्न विभागका प्रतिवेदनहरुमाथि छलफल गर्ने छ । राजनीतिक, आर्थिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र संगठन विभागका प्रतिवेदन छलफलका एजेण्डा रहेको महासचिव मुकुल ढकालले जानकारी दिएका छन् । १३ गतेसम्म चल्ने बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवश्यक निर्णय लिनेछ । बैठकमा जिल्लाका सभापतिहरूको पनि उपस्थिति रहने ढकालले बताए ।
जर्मनीमा अहिले ईसाइ धर्मावलम्बीहरूको चाड क्रिस्टमसको तयारी धुमधामका साथ गर्न थालिएको छ । प्रत्येक चोक तथा बजारहरू अहिले सिँगारेर चिटिक्क पार्न थालिएको छ । बजारहरूमा क्रिस्टमसका लागि किनमेल गर्ने मानिसहरूको भीड लाग्न थालेको छ । डिसेम्बर २५ तारिक मनाइने क्रिस्टमसका लागि करिब एक महिना अघिदेखि नै तयारीका काम गर्न सुरु गरिन्छ । जर्मनीबाट रोहिणी खनालले पठाएका तस्बिरहरूः
विराटनगर । उदयपुरमा भएको स्कुल बस दुर्घटनाका घाइतेमध्ये तीनजनाको मृत्यु भएको छ । बनभोज मनाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्नानजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका-५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकास चौधरीको मृत्यु भएको हो । दुर्घटनामा सिकिस्त घाइते भएका १२ जनालाई विराटनगर ल्याइएको छ । घाइते अन्य २५ जनाको उदयपुर सदरमुरकाम गाईघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका-५ देउरीस्थित अन्नपूणर् सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । आर्थिक वर्ष २०८०-८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक शनिवार प्रदेशसभामा पेस गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री केदार कार्कीले यो जानकारी दिएका हुन् । मुख्यमन्त्री कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइने जनाइएको छ । बजेटमा यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् । यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको भन्दा ५० करोड बढीको बजेट मुख्यमन्त्री कार्कीले पेस गरेका छन् । बजेटमा उल्लेख भएअनुसार धुलो…
झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका हुन् । सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए । पूर्वराजा शाह बसेको होटल मेची क्राउन प्लाजाबाट उनलाई हजारौं मोटरसाइकलले स्कर्टिङ गरेर कार्यक्रमस्थल ल्याइएको थियो । बिर्तामोडस्थित कार्यक्रमस्थलमा उनी आइपुग्दा राप्रपाका कार्यकर्ता तथा राजावादीहरूले राजतन्त्र पक्षधर नारा लगाएका थिए । उनको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गरेनन् ।