विराटनगर । उदयपुरमा भएको स्कुल बस दुर्घटनाका घाइतेमध्ये तीनजनाको मृत्यु भएको छ ।
बनभोज मनाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्नानजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका-५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकास चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा सिकिस्त घाइते भएका १२ जनालाई विराटनगर ल्याइएको छ । घाइते अन्य २५ जनाको उदयपुर सदरमुरकाम गाईघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्रियुगा नगरपालिका-५ देउरीस्थित अन्नपूणर् सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
