झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् ।
पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।
सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए ।
पूर्वराजा शाह बसेको होटल मेची क्राउन प्लाजाबाट उनलाई हजारौं मोटरसाइकलले स्कर्टिङ गरेर कार्यक्रमस्थल ल्याइएको थियो ।
बिर्तामोडस्थित कार्यक्रमस्थलमा उनी आइपुग्दा राप्रपाका कार्यकर्ता तथा राजावादीहरूले राजतन्त्र पक्षधर नारा लगाएका थिए ।
उनको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए ।
पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गरेनन् ।




Facebook Comments Box
