Author: खबरमञ्च

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षकहरुलाई स्थानीय तहको मातहतमा नराख्ने गरी संविधान नै संशोधन गर्न माग गरेको छ । बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको सम्बन्धमा कुरा राख्दै नेपाल शिक्षक महासंघले शिक्षकहरुलाई स्थानीय तह मातहतमा नराख्नेगरी संविधान नै संशोधन गर्नु आवश्यक रहेको बताएको हो । बैठकमा बोल्दै नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षकहरुलाई स्थानीय तह मातहत राखेर कारबाही गर्नेसम्मको अधिकार दिँदा आग्रह, पूर्वाग्रहका साथ कारबाही गरिने गरेको बताइन् । उनले स्थानीय तहहरुका कारण शिक्षकहरु पीडित हुने अवस्था रहेको उल्लेख गरिन् । उनले स्थानीय तह मातहतमा शिक्षकहरु बस्न नमानेको अवस्थामा आवश्यक परेमा संविधान संशोधन नै…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका छन् । बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका हुन् । उनले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताए । उनले राजनीतिक दलहरु समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गरे । यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको उनको भनाइ थियो । उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भए पनि अर्थतन्त्रमा र…

Read More

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपरान्ह बोलाएको बैठक पनि निष्कर्षविहिन बनेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले आफूसँग राष्ट्रिय सभामा आफूहरु जिरो नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गरेको र त्यसमा एमालेसँग ठोस प्रश्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा -एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । उनले सो विषयमा सत्तारुढ दलहरुबीच कुनै सहमति नभएकाले भोलि (बिहीवार) बिहान नौ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि बताए । बैठकमा प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस…

Read More

काठमाडौँ । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ । शनिवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०/१० लाखका दरले राहत उपलब्ध गराउने निणर्य हो । सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रीपरिषद बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निणर्य गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । त्यसैगरी मन्त्रीपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाहरुको…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै सो घटनामा परी मारिएकाहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गरे । उनले सो घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पिएसओ र प्रहरी अधिकारीलाई निलम्वन गरिएको पनि जानकारी दिए । शनिवारबाट काठमाडौंमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सो घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानविन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्वन गरिएको बताए । उनले इपिएस परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीहरुले पनि सो परीक्षामा सहभागी हुने…

Read More

हेटौँडा । मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । शुक्रवार वागमती प्रदेशको हेटौँडामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले संघ सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकारहरु हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निणर्य गरेको हो । बैठकले प्रहरी समायोजन गर्ने, संघीय निजामती सेवा ऐन जारी गर्ने र प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्ने विषय कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको छ । त्यस्तै साझा अधिकारका विषयका कानून निर्माणमा सहकार्य गर्ने, राष्ट्रिय वन लगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजश्व बाँडफाँट, वित्तीय हस्तान्तरण, सवारी चालक अनुमती पत्र र सवारी साधन कर/शुल्क सम्बन्धी सफ्टवयर प्रणाली प्रदेशबाट नै सञ्चालन गर्ने,…

Read More

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीमा दोषी ठहर भएका छन् । शुक्रवार काठमाडौं जिल्ला अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

Read More

झापा । झापाको बिर्तामोड ३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई उद्योगमा शुक्रबार बिहान आगलागी भएको छ । अनुप अग्रवालले संचालन गरेको सो प्लाई फ्याक्ट्रीनजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ – भेनियर राखेको ठाउँमा बिहान ४ बजे अचानक आगलागी भएको हो । आगलागीबाट अन्दाजी ३ तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा बिहीबार बिहान सवा पाँच बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

झापा । हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु भएको छ । गएराति १:४५ बजेतिर जंगली हात्तीको आक्रमणबाट शिवसताक्षी ११ सृष्टि टोल निवासी ४५ वर्षीय मेघराज राईको मृत्यु भएको हो । उनलाई घरमै जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जंगलबाट आएको एउटा हात्तीले राईको टाटीको बेरा, जस्ताको छानो भएको भुइँतले घरमा आक्रमण गरी टाटी भत्काएर घरभित्र रहेका सामानहरूसमेत तोडफोड गरी एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हात्तीलाई छिमेकीहरूसमेतको सहयोगमा धपाउने क्रममा राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा सोही हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको…

Read More

काठमाडौँ । पोखराको सेती खोचमा भएको यती एयरको विमान दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । गत वर्षको माघ एक गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित आयोगले बिहीवार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा चालक दलका ४ सदस्य र ६८ जना यात्रुसहित ७२ जनाकै मृत्यु भएको थियो । प्रतिवेदन बुझाउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका…

Read More