काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीमा दोषी ठहर भएका छन् ।
शुक्रवार काठमाडौं जिल्ला अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ ।
अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।
Facebook Comments Box
