Author: खबरमञ्च

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा १० यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् । १० जनामध्ये एक जना रौतहटका नारायणबहादुर भण्डारीको मात्र सनाखत भएको डीएसपी हरिबहादुर वलीले बताए । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको हो । सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बसमा ३७ जना…

Read More

झापा । जंगली हात्तीले झापाको अर्जुनधारामा एउटा घर भत्काएर क्षति गरेको छ । गएराति १ः४५ बजेको समयमा तीन वटा हात्तीहरु आई अर्जुनधारा १ मदनपुर बस्ने बलबहादुर तामाङको बाँसको टाटीले बेरेको जस्ताको छानो भएको एकतले घर भत्काएको हो । हात्तीहरुले घर पूर्ण रुपमा भत्काई, घरभित्र रहेका धान, चामल खाई लत्ताकपडा, भाडावर्तन गरी अन्दाजी ३ लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए । राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको उनको भनाइ थियो । उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे । जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य…

Read More

झापा । आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि लोकतान्त्रिक व्यवसायी समूहले एक कार्यक्रमकाबीच उम्मेदवारहरू घोषणा गरेको छ । नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवे प्रमुख अतिथि रहेको कार्यक्रमले कांग्रेस निकट उम्मेदवारहरूको घोषणा गरिएको हो । लोकतान्त्रिक व्यवसायी समूहको तर्फबाट अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, वरिष्ठ उपाध्यक्षमा संजीव घिमिरे, वाणिज्य उपाध्यक्षमा जीवन खड्का, उद्योग उपाध्यक्षमा विशाल थापा, महासचिवमा कुशल खतिवडा, महिला उपाध्यक्षमा राधिका चुडाल हुमागाँई, वाणिज्य सचिवमा पुकार बराल, उद्योग सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोत्मा खत्रीलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । खुल्ला सदस्यहरुमा अनन्तलाल महतो, विपिन बजगाँई, अरुण जैन, दिनेश श्रेष्ठ, श्यामकृष्ण पाठक, डिल्ली कोइराला र योगेश भट्टराईले उम्मेदवारी दिने टुंगो लागेको छ ।…

Read More

झापा । वैदेशिक रोजगारीका लागि दुबई गएका अर्जुनधारा ११ का ४७ वर्षीय प्रदिप राईको अचानक निधन भएको छ । शनिवार साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे अचानक निधन भएको उनका आफन्त सन्तकुमार राईले बताए । स्वर्गीय राईको शव नेपाल ल्याउने पहल भइरहेको उनले जानकारी दिए । राईका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

Read More

झापा । कालोपत्रे सडक निर्माणको कार्य तत्काल सुचारु गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा सडक अवरुद्ध पारेका हुन् । त्यहाँका स्थानीयले आइतबार बिहान लेखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री सडकमा राखेर अवरुद्ध गराएका छन् । मोटरसाइकल, साइकल र अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारीसाधनमाथि स्थानीयले रोक लगाएको छ । सडक अवरुद्धका कारण सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गरिरहेको छ । धुलोका कारण सडकमा बसी नसक्नु भएपनि अब पानी हालेर धुलो बन्द गर्ने हैन कालो पत्रे सडक नै एक सूत्रीय माग रहेको उनीहरूले जनाएका छन् । हिउँदमा…

Read More

झापा । बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औँ बार्षिक उत्सब सम्पन्न भएको छ । पञ्चबर्षिय योजनालाई निरन्तरता दिँदै उपभोक्ताको मागलाई पहिलो प्राथमिकताका साथ लागू गर्ने प्रतिबद्धतासहित साधारण सभा सम्पन्न भएको हो । संस्थाले एक महिना अघिनै इकाईगत प्रतिनिधि छनौटको प्रक्रिया पूरा गरी आयोजना गरिएको साधारण सभामा ५ सय प्रतिनिधि सहभागी हुने बिधानले ब्यवस्था गरे अनुसार साधारण सभा सञ्चालन भएको हो । विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजना सञ्चालन गर्नका लागि लिएको ऋणका सन्दर्भमा प्रश्न उठे पनि काम गरेर देखाएको निवर्तमान अध्यक्ष जलकुमार गुरुङले बताए । बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्था…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् । प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणासमेत गरे । सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराए । सो अवसरमा प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको…

Read More

काठमाडौँ । क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटायो । नेपालको जितमा कीर्तिमानसहित तीन जना खेलाडीले अर्धशतक प्रहार गरे । आजको खेलमा अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् । अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन्…

Read More

झापा । नेपालमै उत्कृष्टमध्येको एकमा पर्न सफल मेची आँखा अस्पतालले अति विशिष्टकृत सेवाहरु थप गरेको छ । झापाको बिर्तामोड –३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले २७ औं वार्षिकोत्सवका अवसरमा अति विशिष्टकृत सेवाहरु थप गरेको हो । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सन् २०५० सम्ममा विश्वको कुल जनसंख्याको लगभग ५० प्रतिशत अर्थात ५ अर्ब जनसंख्यामा दृष्टिदोष हुने भएकाले त्यस समस्यालाई प्रभावकारी रुपले सम्बोधन गर्न अहिलेदेखि नै आवश्यक तयारी गरिएको अस्पतालले जनाएको छ । समयसापेक्ष पूर्वतयारीअनुरुप अस्पतालले कोर्निया तथा रिफ्राक्टीभ सर्जरी, मायोपिया क्लिनिक, रेटीना, अकुलोप्लाष्टी, अर्थोअप्टीक जस्ता सेवाहरुको लागि अत्याधुनिक उपकरणहरु जस्तै Pentacam, Digital Imaging System, Multi–spot Laser, OCT machine, Myopia Master,…

Read More