झापा । वैदेशिक रोजगारीका लागि दुबई गएका अर्जुनधारा ११ का ४७ वर्षीय प्रदिप राईको अचानक निधन भएको छ ।
शनिवार साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे अचानक निधन भएको उनका आफन्त सन्तकुमार राईले बताए ।
स्वर्गीय राईको शव नेपाल ल्याउने पहल भइरहेको उनले जानकारी दिए । राईका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।
Facebook Comments Box
