झापा । आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि लोकतान्त्रिक व्यवसायी समूहले एक कार्यक्रमकाबीच उम्मेदवारहरू घोषणा गरेको छ ।
नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवे प्रमुख अतिथि रहेको कार्यक्रमले कांग्रेस निकट उम्मेदवारहरूको घोषणा गरिएको हो ।
लोकतान्त्रिक व्यवसायी समूहको तर्फबाट अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, वरिष्ठ उपाध्यक्षमा संजीव घिमिरे, वाणिज्य उपाध्यक्षमा जीवन खड्का, उद्योग उपाध्यक्षमा विशाल थापा, महासचिवमा कुशल खतिवडा, महिला उपाध्यक्षमा राधिका चुडाल हुमागाँई, वाणिज्य सचिवमा पुकार बराल, उद्योग सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोत्मा खत्रीलाई उम्मेदवारको रुपमा अघि सारिएको छ ।
खुल्ला सदस्यहरुमा अनन्तलाल महतो, विपिन बजगाँई, अरुण जैन, दिनेश श्रेष्ठ, श्यामकृष्ण पाठक, डिल्ली कोइराला र योगेश भट्टराईले उम्मेदवारी दिने टुंगो लागेको छ ।
महिला सदस्यमा सुशिला कार्की बस्नेत र निशा शाह उठ्ने प्रचार प्रसार समितिका संयोजक बलराम कार्कीले जानकारी दिनु भयो । कार्कीले व्यवसायीहरुको बाक्लो उपस्थितिले नै लोकतान्त्रिक व्यवसायी समूहको जीत सुनिश्चित गरेको दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाई, बिर्तामोड मारवाडी सेवा समितीका अध्यक्ष मोहन मित्तल, बिर्तामोड खानेपानीमा अध्यक्ष मेघराज बास्तोलालगायत नेपाली कांग्रेसका विभिन्न भातृसंगठनका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहको थियो ।
