झापा । बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औँ बार्षिक उत्सब सम्पन्न भएको छ ।
पञ्चबर्षिय योजनालाई निरन्तरता दिँदै उपभोक्ताको मागलाई पहिलो प्राथमिकताका साथ लागू गर्ने प्रतिबद्धतासहित साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले एक महिना अघिनै इकाईगत प्रतिनिधि छनौटको प्रक्रिया पूरा गरी आयोजना गरिएको साधारण सभामा ५ सय प्रतिनिधि सहभागी हुने बिधानले ब्यवस्था गरे अनुसार साधारण सभा सञ्चालन भएको हो ।
विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजना सञ्चालन गर्नका लागि लिएको ऋणका सन्दर्भमा प्रश्न उठे पनि काम गरेर देखाएको निवर्तमान अध्यक्ष जलकुमार गुरुङले बताए ।
बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्था बिगत लामो समयदेखि विर्तामोड नगरबासी नागरिकहरुलाई स्वच्छ पिउने पानी बितरणमा अहोरात्र लागिरहेको बताउँदै बिर्तामोडमा निजी क्षेत्रको लगानीबाट अगाडि बढेकोमा विर्तामोड नगरपालिका उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले संस्थालाई धन्यबाद ज्ञापन गरे ।
बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाले विर्तामोडका ९ हजार उपभोक्ता हरुलाई स्वच्छ पिउने पानी पुर्याएकोमा धन्यबाद दिँदै खुल्ला सत्रको कार्यक्रम सम्पन्न गरे पश्चात बन्दसत्रको कार्यक्रममा भएको छलफल बाट नयाँ सोच र बिकल्पको पनि खोजी हुने नेकपा माओबादी केन्द्र विर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले विश्वास ब्यक्त गरे ।
बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट उपभोक्ताले प्राप्त गर्दै आएका सुविधाहरु सहज र सरल ढंगबाट प्राप्त गरेको आफूले बुझेको बताउँदै संस्थाका सल्लाहकार सामाजिक ब्यक्तित्व लोकबन्धु कन्दङ्वाले उपभोक्ताका मागलाई फाइलिङ गरेर पुरा गर्न लाग्नु पर्ने बताए ।
बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाको उन्नयनमा यहाँको तिब्र शहरीकरण भए पश्चात नागरिकहरुको उच्चतम योगदानका कारण संस्था सफलताको शिखर तर्फ अगाडि बढेको प्रतिनिधी सभाका सदस्य साथै कार्यक्रमका प्रमुख अतिथि गोपाल कुमार बस्नेतले बताए ।
बिर्तामोड साना शहरी खानोपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औँ बार्षिक उत्सवको अवसरमा २ जना उपभोक्ता एक जना महिला र एक जना पुरुष सम्मानित भएका छन् ।
जसअन्तर्गत विर्तामोड नगरपालिका वडा नं. ५ मा स्थाई बसोबास गर्ने कान्तिदेवी शाह र वडा नं.३ का चन्द्रबहादुर खड्का रहेका छन् ।
सोही अवसरमा संस्थामा कार्यरत एकजना कर्मचारी समेत उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् । जसमा संस्थाका प्लम्बर प्रकाश शिवा रहेका छन् ।
संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले प्रतिबेदन प्रस्तुत गरेका थिए भने संस्थाकी कोषध्यक्ष शारदा रिजालले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गर्नु भएको कार्यक्रम संस्थाका सचिब पारषमणि मैनालीले सञ्चालन गरेका थिए ।
