Author: खबरमञ्च
काठमाडौँ । मिटरब्याजपीडितसँग सरकारले चारबुँदे सहमति गरेको छ । सोमबार साँझ थप अधिकारसहित नयाँ जाँचबुझ आयोग गठन गर्नेलगायत सहमति भएको हो । संघर्षको ४२औँ दिनमा सरकारसँग सहमति भएसँगै पीडितहरूले आन्दोलनका सबै कार्यक्रम पनि अन्त्य गर्ने घोषणा गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि गृह मन्त्रालयमा दुई पक्षबीच वार्ता भएको थियो जहाँ उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नै उपस्थित थिए । सहमतिको पहिलो बुँदामा जाँचबुझ आयोग ऐनअनुसार तीन महिनाको अवधि दिएर तीन सदस्यीय आयोग गठन गर्न सरकारलाई सिफारिस गर्ने उल्लेख छ । दोस्रोमा आयोगको कार्यादेशसम्बन्धी बुँदा छन्, जसमा अवैध कागजहरू खारेज गर्न सिफारिस गर्नेसम्मका अधिकार आयोगलाई दिने विषय छ । तेस्रोमा मिटरब्याजपीडित शोषित उत्पीडित वर्गलाई आर्थिक सहायता, राहत…
काठमाडौँ । छोराहरू मात्र होइन, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय नै सुन तस्करीमा परिचालन भएको पुष्टि भएको छ । चीन र दुबईलगायत देशबाट भरियाले ल्याएको सुन तत्कालीन उपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङलाई बुझाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । अहिले भन्सारको थुनामा रहेका गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ भने पुनका पुत्रद्वय भने अहिले पनि कानुनको पहुँचबाहिरै छन् । गत मंसिर २१ मा तस्करी गरेर ल्याएको १४ किलो सुनसहित गोरखाका चन्द्र घले विमानस्थलबाट पक्राउ परेका थिए । तस्करीको जालो खोज्दै जाँदा अनुसन्धानकर्मीहरू गोरखाकै मीन घले हुँदै गुरुङसम्म पुगेका हुन् । सुन तस्करी प्रकरणमा संलग्नता भेटेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फागुन १४ मा उनलाई पक्राउ…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमवार काठमाडौंमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निणर्य गरेको हो । त्यसैगरी प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा अध्यक्षलाई आवश्यक निणर्य गर्ने जिम्मेवारी पनि बैठकले दिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने पनि निणर्य गरेको छ । दुईवटै स्थानमा…
झापा । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे ।सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । टोली अपराजित रहँदै च्याम्पियन भयो । च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।खेलको १२औं…
झापा । झापाको मेचीनगर १५ ज्यामिरगढीस्थित भगवती प्लाइ उद्योगमा भीषण आगलागी भएको छ । सोमबार बिहान सवा ५ बजे आगलागी शुरु भएको हो । ६ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिएका छन् । उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । झापामा प्लाइ उद्योगमा आगलागीका घटना धेरै हुने गरेको छ ।
काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उमेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेदवार बन्ने भएका छन् । आइतवार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारका रुपमा नारायण दाहाल उम्मेदवार बन्ने निणर्य गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निणर्य गरेको बताए । उनकाअनुसार बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चामा रहेको थियो ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताएका छन् । आइतवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताए । उनले पार्टीले दोषीउपर कारबाही हुनुपर्ने निणर्य गरेको पनि बताए । उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निणर्य भएको बताए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरुमा छलफल भएको…
झापा । छैटौं झापा गोल्डकपको फाइनल खेलमा सहभागी हुने दुवै टिमले उपाधि उचाल्ने किसिमले तयारी गरिरहेको बताएका छन् । गोल्डकपको फाइनल खेल सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ । फाइनलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुँदैछ । फाइनल खेलको पूर्व सन्ध्यामा आइतवार बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । चर्च ब्वाइजका टिम कप्तान दीप कार्की र कोच रुबेन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरे । यसअघिका पाँच संस्करणमा सहभागी भएको…
झापा । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको शनिवार बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो । एमाले झापाको अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन् ।
झापा । आयोजक झापा ११ एफसीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ। शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो। सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलो पटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो। झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ। टाइब्रेकरमा चर्च ब्वाइजको लागि सुरज ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक गोल गर्दै टोलीलाई फाइलनमा पुर्याएका हुन्। चर्च ब्वाइजका सर्ज…