काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमवार काठमाडौंमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निणर्य गरेको हो ।
त्यसैगरी प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा अध्यक्षलाई आवश्यक निणर्य गर्ने जिम्मेवारी पनि बैठकले दिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने पनि निणर्य गरेको छ ।
दुईवटै स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निणर्य पनि बैठकले गरेको अध्यक्ष लिङदेनले बताए ।
त्यसैगरी बैठकले आगामी चैत्र १६ गते हुने भनिएको काठमाडौं केन्द्रित जनप्रदर्शन एसईई परीक्षाको कारण देखाउँदै चैत्र २७ गतेलाई सारेको छ ।
