Author: खबरमञ्च

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ सय २० किलो गाँजा बरामद गरेको छ। काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको छ सय २० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो। लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको टोली खटिएको टोलीले उक्त परिमााणको गाँजा बरामद गरेको हो। पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक…

Read More

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनकै मुख्य दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच किचलो हुने संकेत देखिएको छ । निर्वाचनपूर्व भएको सहमतिलाई उल्ट्याउँदै माओवादी केन्द्रका नेताहरु पार्टी स्थायी समितिको बैठकमै कांग्रेसलाई अध्यक्ष छाड्न नसकिने विषय जोडतोडका साथ उठाएसँगै उक्त पदमा गठबन्धनभित्रै किचलो हुने संकेत देखिएको हो । माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले माओवादीले राष्ट्रिय सभाको अध्यक्ष छाड्न नहुनेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले भने– ‘हाम्रो पार्टीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षको अडान लिनुपर्छ भन्ने अधिकांश स्थायी समिति सदस्यहरूको भनाइ आएको छ। अधिकांश नेताहरुले राष्ट्रिय सभाको अध्यक्ष अरुलाई दिँदा…

Read More

बिराटनगर । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँचवटा सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरेको कोशी प्रदेश सभाले हालसम्म आठ वटा कानून निर्माण गरेको हो । कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पछिल्लो १४ महिनाको अवधिमा चार वटा प्रदेश सभा अधिवेशन सम्पन्न हुँदा जम्मा ४६ वटा बैठक बस्यो । जसमा ११ वटा विधेयक दर्ता भए । आठवटा प्रमाणीकरण भएका छन् भने तीनवटा विधेयक निष्क्रिय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । कोशी प्रदेश सभामा प्रतिवर्ष २० करोड…

Read More

झापा । सोमबार निधन भएका भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको शवको अन्तिम सँस्कार आज मंगलबार हुने भएको छ । उनको शवको काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्तिम सँस्कार हुने भएको हो । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको छिमेकीसमेत रहेका संगीतकार हरि लम्सालले बताए । अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको लम्सालले जानकारी दिए । उनले भने, ‘दसैंताका बुवा घरमै लड्नु भएको थियो । त्यसपछि उहाँ आराम गरिरहनु भएको थियो । उहाँको स्वास्थ्यमा सुधारसमेत भइरहेको थियो । तर सोमबार एक्कासी अक्सिजन…

Read More

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान भइरहेको छ । मतदान बिहान आठ बजेबाट शुरु भएको हो । निर्वाचन समितिले जनाए अनुसार बेलुकी ५ बजेसम्म निर्वाचनमा मतदान गर्न पाइनेछ । मतदानका लागि अतिथी सदनमा व्यवस्थापन मिलाइएको छ । मतदान गर्न मतदाताहरुलाई संघले जारी गरेको परिचय–पत्रका साथमा नेपाल सरकारद्वारा जारी गरेको फोटो सहितको परिचय खुल्ने कुनै कागजात ल्याउनुपर्नेछ । कारणबस संघले जारी गरेको परिचय पत्र नभएमा स्थायी लेखा नम्वर (पान नं.) अनिवार्य गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानल र राजु न्यौपाने नेतृत्वको लोकतान्त्रिक व्यवसायिक…

Read More

झापा । झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आइतबार सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत दर्जनौँ संघसंस्थामा आवद्ध ढकाल झापाका भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् । संघका अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको अधिवेशनले संघको उपाध्यक्षमा दिपक घिमिरे र कुमार गिरी, कोषाध्यक्षमा दिलु सुब्बा, सचिवमा तीर्थराज ढकाललाई चयन गरेको छ । सदस्यहरुमा श्रीप्रसाद धिताल, रामअवतार घिमिरे, शैलेन्द्र कुरुम्बाङ, कपिल क्षेत्री, जीवनकुमार श्रेष्ठ र एलपी साँवालाई चयन गरेको अध्यक्ष ढकालले जानकारी दिए । अधिवेशनलाई संघका कोशी प्रदेश सदस्य भवानी आङदेम्बे,…

Read More

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । साविक प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनपश्चात रिक्त सो क्षेत्रको सांसद्‌ छान्न वैशाख १५ गते उप-निर्वाचन हुने भएको हो । नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो । निर्वाचन आयोगले सरकारसँग परामर्श गरी आइतबार उप-निर्वाचन मिति घोषणा गरेको हो । बझाङ प्रदेशसभा क्षेत्र नं. १ मा पनि वैशाख १५ मै उप-निर्वाचन हुने भएको छ । सो क्षेत्रका प्रदेश सांसद्‌ पृथ्वीबहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा ज्यान गएको थियो ।

Read More

काठमाडौँ । संसदको शुन्य समयमा बोल्ने सांसदहरुले मिटरब्याजी, सहकारी, लघुवित्त र दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । आइतवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले यस्तो आरोप लगाएका हुन् । सांसदहरुले शून्य समयमा प्रमुख प्राथमिकता मिटिरब्याजी, सहकारी, लघुवित्त र दुग्ध किसानले भुक्तानीलाई राखेका हुन् । प्रायः शून्य समयमा सांसदहरुले निर्वाचन क्षेत्रका समस्या उठाउने गरेका थिए । सांसदहरुले सरकारले मिटरब्याजी पीडितका समस्या लामो समयसम्म समाधान गर्न नसक्दा पीडितहरुले पुनः काठमाडौंमा सडक आन्दोलन शुरु गरेको बताएका छन् । सरकारले मिटिरब्याजी, सहकारी, लघुवित्त र दुग्ध किसानले भुक्तानी नपाएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।…

Read More

झापा । सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।

Read More

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाताकहाँ गएर आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरिरहेका छन् । विशेषगरि दुईवटा प्यानल खडा गरेर उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् । दुईवटा प्यानलका उम्मेदवारहरूमा मतदाताहरूले कुन प्यानलका उम्मेदवारले उद्योग वाणिज्य संघलाई गतिशील बनाएर लैजान्छ, तौलिन थालेका छन् । एकातिर परम्परागत नेतृत्व आए बिर्तामोड उद्योग वाणिज्य संघको आगामी कार्यकालमा ‘केही हुँदैन’ भन्ने तर्क गर्न थालिएको छ भने अर्कातिर स्थानीय अर्थतन्त्र कसरी चलायमान बन्छ, स्थानीय उत्पादनको बजारीकरण र स्थानीय सरकारसंग समन्वयकारी भूमिका जस्ले निर्वाह गर्छ उनैलाई भोट दिने भन्ने विषय अहिले बिर्तामोड बजारभरका अधिकांश मतदाताले सोचिरहेका छन् । सोचनीय यो छ कि,…

Read More