झापा । सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।
एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ ।
चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो ।
गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।
Facebook Comments Box
