Author: खबरमञ्च
विराटनगर । झापा, इलाम र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह साढे ४ बजे भोजपुर घर भइ मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको इटहरी उप-महानगरपालिका-४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न. १-००२-०४४प ३८१ नम्बरको मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ९ बजे इलामको इलाम नगरपालिका-७ टुडिखेलबाट स्थानीय ३० बर्षिय राकेश पाँचकोटी र उनकै श्रीमती २९ बर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले हिजो…
मोरङ । मोरङको बेलबारी नगरपालिका- १ मा श्रीमतीको हत्या गरी श्रीमानले घाँटी रेटेर आत्महत्या गरेका छन् । मंगलबार दिउँसो साढे १ बजे स्थानीय ६० बर्षीय बमबहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गिता लिम्बुलाई धारिलो हतियार दाउले शरिरको बिभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी लिम्बुलेसमेत सोही दाउले आफ्नै घाँटी रेटी घाइते भइ उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउनसाथ उनको पनि मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ । आज दिउँसो कोशी,मधेस, वागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको…
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिँदैछ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको बिरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२-६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भूमिका महत्वपूर्ण छ ।
काठमाडौँ । मधेश प्रदेशको सर्लाहीमा गोली चलेको छ । सर्लाही प्रहरीका अनुसार गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको हो । गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन छ । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्लामा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि उनीहरुबिरुद्ध जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ । आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले ५…
झापा । बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ९ पुगेको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका–१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट–४ सोलाबाङका ३५ वर्षीया टीका केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। यस्तै मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको हो। सवारीधनी रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका बबिददेल नेपाली र चालक रोल्पाका सुवास गौतम भनिने मानसिंह विकको पनि…
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णबहादुर महरालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । उनलाई काठमाडौँ जिल्ला अदालतले चार दिन थुनामा राखी अनुसन्धान अनुमति दिएको हो । तर, उनी बिरामी रहेको भन्दै अदालतले अस्पताल भर्ना गर्न भनेपछि उनलाई सीआईबीले नर्भिक अस्पतालमा भर्ना गरेको छ ।
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्य पहाडी लोकमार्गमा दुर्घटनामा भएको हो। बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको छ।
जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गरेका छन् । सोमवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष लिङदेनले यस्तो दाबी गरेका हुन् । उनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेको बताए । अध्यक्ष लिङदेनले मधेसको नेतृत्व गर्ने पार्टीहरुले गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरुबाट ५० जना नेताहरु मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको आरोप लगाए । उनले मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय…
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । सोमवार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइएको हो । उनलाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला अदालत भन्दा अगाडि उनलाई सरकारी वकीलको कार्यालयमा लगिएको थियो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।