काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सोमवार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइएको हो ।
उनलाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला अदालत भन्दा अगाडि उनलाई सरकारी वकीलको कार्यालयमा लगिएको थियो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।
Facebook Comments Box
