मोरङ । मोरङको बेलबारी नगरपालिका- १ मा श्रीमतीको हत्या गरी श्रीमानले घाँटी रेटेर आत्महत्या गरेका छन् ।
मंगलबार दिउँसो साढे १ बजे स्थानीय ६० बर्षीय बमबहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गिता लिम्बुलाई धारिलो हतियार दाउले शरिरको बिभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
श्रीमतीको हत्या गरी लिम्बुलेसमेत सोही दाउले आफ्नै घाँटी रेटी घाइते भइ उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउनसाथ उनको पनि मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
