Author: खबरमञ्च

काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो । समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिए। नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उनले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको…

Read More

झापा- बडी ग्यारेज बिर्तामोडको आयोजनामा तेस्रो ‘मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ को तयारी पूरा भएको छ। आगामी भदौ २७ गते प्रि-जजिङ र २८ गते फाइनल खेल गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगिता आयोजक समितिका अध्यक्ष आदित्य पराजुलीका अनुसार, यस वर्ष ५५ केजीदेखि ७५ केजीभन्दा माथिसम्म गरी ६ विधामा खेल हुनेछ। प्रतियोगितामा देशभरका करिब १५० खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कार राशि पनि घोषणा गरिएको छ। प्रतियोगिताको ‘ओभरअल’ विजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख, पाँचौंले ७५ हजार र छैठौंले ५० हजार रुपैयाँ…

Read More

झापा- इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५००औं जन्मोत्सवको उपलक्ष्यमा झापाका चार पालिकाहरुले भोलि स्थानीय विदा दिएका छन् । भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले भोलि स्थानीय विदा दिएका हुन् । मुस्लिम समुदायको बसोबास रहेको ती पालिकाहरुमा वर्षेनि स्थानीय विदा दिने गरिएको छ । चारवटा पालिकाहरुले आज सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यले शुक्रबार कार्यालय तथा विद्यालयहरू बन्द रहने जनाएका छन् । मुस्लिम समुदायका श्रद्धालुहरूले शुक्रबार विशेष प्रार्थना, धर्मोपदेश र सामुदायिक कार्यक्रमहरू गर्ने तयारी गरेका छन्।

Read More

झापा- इलामको सूर्योदय नगरपालिका-८, पालटाङगेस्थित मेची राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। फिदिमबाट झापातर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको कुखुराको चल्ला बोकेको पिकअप भ्यान एकआपसमा ठोक्किँदा यो दुर्घटना भएको हो। घाइते हुनेहरूमा मोटरसाइकल चालक पाँचथर, फिदिम-१४ का २७ वर्षीय छबिलाल राई र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ५० वर्षीय श्रीकुमार राई छन्। दुवै जनालाई तत्काल उपचारका लागि पार्वती पोलिक्लिनिक फिक्कल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोड रिफर गरिएको छ। छबिलालको अवस्था मध्यम र श्रीकुमारको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनापछि प्रहरीले पिकअप भ्यान र त्यसका चालक इलाम, सूर्योदय-१० का ४०…

Read More

काठमाडौँ- सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ । आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को यही भदौ ९ गते निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सो प्रक्रिया थालेको हो । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले पटक–पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्लेटफर्मले अटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो । “हाम्रो…

Read More

झापा- ९ पटकको लामो वार्तापछि अन्ततः झापाका चिया उत्पादक र चिया श्रमिकबीच पारिश्रमिक वृद्धिको विषयमा सहमति भएको छ। यस सहमतिसँगै साउन १८ गतेदेखि बन्द रहेका चिया बगानहरु अब सञ्चालनमा आउने भएका छन्। चिया बगानमा काम गर्ने श्रमिकको दैनिक ज्याला रु. ५६५ र मासिक रु. १५,६९९ पुर्याइने भएको छ। यसअघि उनीहरुले क्रमशः रु. ५०० र रु. १३,९३७ पाउँदै आएका थिए। यो सहमति साउन १ गतेदेखि नै लागू हुनेछ। चिया प्रशोधन कारखानामा काम गर्ने श्रमिक र बगानका सरदार, चौकीदारको दैनिक भत्ता रु. ७० निर्धारण गरिएको छ। सबै प्रतिष्ठानहरूले २०८२ भदौ मसान्तसम्ममा श्रम ऐन २०७४ अनुसार आवश्यक कामदारको संख्या यकिन गरी नियमित र…

Read More

झापा- बुद्धशान्ति गाउँपालिकामा मनोजकुमार साहले प्रशासनिक नेतृत्व सम्हालेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङबाट सरुवा भएर उनले मंगलबारदेखि बुद्धशान्तिको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन्। साहले यसअघि ६ वटा स्थानीय तहको प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्। स्थानीय तह तथा प्रशासन क्षेत्रमा अनि अब्बल मानिन्छन्।

Read More

पाटन (ललितपुर)- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मान गरिएको छ। सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई यो अवार्ड प्रदान गरेका हुन्। आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम राख्दै ललितपुरलाई बस्नयोग्य, सम्पदामैत्री सहरका रूपमा विकास गर्न पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई यो सम्मान दिइएको हो। महर्जनले आफ्नो दुई कार्यकालमा साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापनलगायतका विभिन्न सार्वजनिक सेवामूलक कार्यहरू सुरु गरेका छन्। उक्त कार्यक्रममा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा ‘लाइफ टाइम एचिभमेन्ट…

Read More

धरान (सुनसरी)- सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ । दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। “ब्यारेजमा हाल रातो बत्ती बालिएको छ,…

Read More

झापा – पैगम्बर मोहम्मद (स.अ.व.) को १५०० औं जन्मोत्सवको अवसरमा बिर्तामोडमा आयोजित रक्तदान कार्यक्रममा मुस्लिम समुदायले सक्रिय सहभागिता जनाएका छन्। शनिबार मदरसा तालिमुल कुरान विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा मुस्लिम पुरुषसँगै महिलाले समेत रक्तदान गरेपछि विशेष चर्चा भएको छ। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई रहेकी थिइन्। उनले रक्तदानलाई जीवनदानको महान कार्य भन्दै मुस्लिम समुदायले देखाएको उदाहरण प्रशंसनीय भएको बताइन्। “पहिले मुस्लिम समुदाय रक्तदानमा कमै देखिन्थ्यो भन्ने बुझाइ थियो। तर आज महिलासहित मुस्लिम समुदायको सहभागिताले सामाजिक सद्भाव, सहिष्णुता र स्वास्थ्यप्रतिको सचेतना सबैलाई प्रेरणा दिने खालको छ,” नगर प्रमुख प्रसाईले भनिन्। विशेष अतिथिमा वडा नं. ३ का अध्यक्ष मदन बुडाथोकी,…

Read More