Author: खबरमञ्च
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँँग्रेसले संसदीय छानविन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ । आईतवार दिनभर बसेको संसदीय छानविन समितिको कार्य क्षेत्रको विषयमा सहमती जुटाउने बसेको कार्य दलको बैठकमा काँग्रेसले आफ्नो पुरानै अडान यथावत राखेपछि सहमती जुट्न नसकेको हो । तर नेताहरुले फेरि आजै साँझ बैठक बस्ने र सहमती जुटाउन प्रयास गर्ने बताएका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउने आफूहरुको अडानमा सत्तापक्ष सहमत नभएको बताए । उनले पुनः छलफल गरी सो विषयलाई टुंगो लगाउन आफूहरु प्रयासरत रहेको पनि बताए ।
झापा । कोशी प्रदेशमा चलचित्र विकास बोर्ड निर्माण गर्ने प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिवद्धता जनाएका छन्। आइतबार झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय चलचित्र महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा चलचित्र प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड गठन गर्ने र त्यस्का लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले चलचित्रकर्मीहरूलाई एक ढिक्का भएर चलचित्र प्रवर्द्धनमा लाग्न आह्वान पनि गरे। उनले भने, ‘तपाईंहरूसंग हाम्रो पनि माग छ। तपाईंहरू एक ढिक्का भएर आउनुहोस्। राम्रो काम गर्नुहोस्। चलचित्र बिकास बोर्ड गठन गर्न प्रदेश सरकार तयार छ।’ मुख्यमन्त्री कार्कीले चलचित्र समाजलाई देखाउने ऐना भएको बताए । विगतमा बनेका चलचित्रहरूले आफूलाई समेत धेरै प्रभावित बनाएको कुरा उल्लेख…
झापा । कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु भएको छ । महोत्सवको आइतवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् । महोत्सव जेठ ११ गतेसम्म झापा र विराटनगरमा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहरुमा विगतदेखि नै बाक्लोरुपमा चलचित्र छायाङ्कन हुँदै आएका छन् । विभिन्न भाषा र जातिगत क्षेत्रीय चलचित्रहरु पनि कोशी प्रदेशमा छायांकन तथा निर्माण हुने गरेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका कतिपय केन्द्रिय स्तरका चलचित्रका केही भाग, गीत संगीतका दृश्य लगायत कथाले मागे अनुरुपका जातीय, भाषीय क्षेत्रका आधारमा समेत…
काठमाडौं । प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभामुखले बिहान साढे १० मा नयाँ बानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिका बैठक अवरुद्ध गर्दै आएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै आजको बैठक सञ्चान हुने सम्भावना देखिएको छ ।
इस्लामाबाद । पाकिस्तानस्थित नेपाली राजदूतावासले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन अनुरोध गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा दूतावासले यस्तो अनुरोध गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । ‘किर्गिस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २ सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ’, दूतावासले सूचना जारी गर्दै भनेको छ । दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको…
काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीको विशेष टोलीले ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको हत्याको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । उनको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ड्युटी सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । गत फागुन महिनादेखि तलव नपाएपछि गिरीबन्धु टी स्टेटका मजदुर आन्दोलनमा उत्रिएका छन्। शनिवार र्यालीसहित तलव भुक्तानीको माग गर्दै चिया मजदुरहरूले पहिलो चरणको आन्दोलन सुरु गरेका हुन्। मजदुर क्वाटरबाट सुरु भएको र्याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो। श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्याली सम्पन्न गरिएको थियो। नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ गिरीबन्धु इकाई कमिटीले आयोजना गरेको आन्दोलनको कार्यक्रममा मजदुर नेताहरुले श्रमिकको ज्याला तुरुन्त भुक्तानी दिन माग गरेका छन्। मजदुर नेता सईकुमार राईले मजदुरहरु रहरले नभइ बाध्यताले सडकमा आउनुपरेको बताए। उनले भोको…
काठमाडौँ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो । उक्त अवधिमा आगलागीका घटनामा परी २१ जना र वन डढेलोका घटनामा परी ६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र आगलागीका घटनाले ५० करोड ६७ लाख ६८ हजार ५९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । वन डढेलोको घटनाले ६ करोड ३० लाख ४२ हजार ४०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । वैशाख…
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । आजैको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्नेछन् । सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि आजको कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण…
काठमाडौँ । सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो । यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलका शीर्ष…