काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँँग्रेसले संसदीय छानविन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ ।
आईतवार दिनभर बसेको संसदीय छानविन समितिको कार्य क्षेत्रको विषयमा सहमती जुटाउने बसेको कार्य दलको बैठकमा काँग्रेसले आफ्नो पुरानै अडान यथावत राखेपछि सहमती जुट्न नसकेको हो ।
तर नेताहरुले फेरि आजै साँझ बैठक बस्ने र सहमती जुटाउन प्रयास गर्ने बताएका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउने आफूहरुको अडानमा सत्तापक्ष सहमत नभएको बताए ।
उनले पुनः छलफल गरी सो विषयलाई टुंगो लगाउन आफूहरु प्रयासरत रहेको पनि बताए ।
Facebook Comments Box
