Author: खबरमञ्च
काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारको ध्यानाकर्षण गराउँदै उनले भने – ‘यहाँहरुले सदनमा शुन्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरुप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।
काठमाडौँ । अनुसन्धानका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन्। आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए । त्यसैगरी उनले कानूनी प्रवन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि शुरु गर्ने बताए । उनले भने, ‘विपद व्यवस्थापनका लागि कमान सेन्टर स्थापना गरिएको छ । त्यसैगरी यो…
काठमाडौँ । विविध कार्यक्रमको आायेजना गरी शुक्रबार विश्व रक्तदाता दिवस मनाइको छ । हरेक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अनुसार शुक्रबार ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मुल नारासहित विश्व रक्तदाता दिवस मनाइएको हो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीले पनि काठमाडौं रक्तदँनका कार्यक्रम आयोजना गरेर विश्व रक्तदाता दिवस मनाएको छ । कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले देशको करिव ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरुमार्फत सेवा प्रदान गरिरहेको बताए । उनले कानूनी, संवैधानिक, स्वास्थ्यका मौलिक विषय र अधिकारहरु राज्यको तर्फबाट सुनिश्चित गरिएअनुसार त्यसमा रेडक्रसले पनि सहयोग…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् । उनले सदनको नेता प्रधानमन्त्री भएपनि उहाँले सदनलाई बिर्सेर सदनबाट भाग्न खाजेको आरोप लगाए । उनले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको बताए । उनले प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेको भन्दै प्रधानमन्त्री पाँच दिनसम्म…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जंगबहादुर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरु भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताएका हुन् । उनले भारतीय पर्यटकहरुलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताए । उनले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुर्व्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गरे ।
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन्। अन्जली झुन्डिएको अवस्थामा फेला परेकी हुन्। आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ। प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अन्जलीका पति सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।
अछाम । अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल फेला परेका छन् । जिल्लाको कमलबजार नगरपालिकाको वडा नम्बर ९ मस्टाबण्डालीमा रहेको एक स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र तीनवटा बियरका बोतल फेला परेका हुन् । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका थिए । सोही अनुगमनका क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन् । वडा नम्बर ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राख्नेलाई कारबाही गर्ने बताएका छन् ।
झापा । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईंका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको हो । ४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बिर्तामोड । पूर्व शिक्षक तथा पुराना पत्रकार नेत्र पाठकको निधन भएको छ । बिर्तामोड ४ निवासी पाठकको ७२ वर्षको उमेरमा आज बिहान ९.३० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ्य रहेका थिए । नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका पाठकले पत्रकारिता पनि गरेका थिए । उनी प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष हुन् । दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रनेको नशासँग सम्बन्धित समस्याको उपचार गर्दै आएका पाठक तीन वर्षदेखि घरमा आराम गरिरहेका थिए ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएका छन्। बिहीवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् । उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । उनले नियम कानूनको पालना गर्नेहरुले टिकटक चलाउन नहुने बताइन् । उनले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग…