काठमाडौँ । विविध कार्यक्रमको आायेजना गरी शुक्रबार विश्व रक्तदाता दिवस मनाइको छ ।
हरेक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अनुसार शुक्रबार ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मुल नारासहित विश्व रक्तदाता दिवस मनाइएको हो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीले पनि काठमाडौं रक्तदँनका कार्यक्रम आयोजना गरेर विश्व रक्तदाता दिवस मनाएको छ ।
कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले देशको करिव ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरुमार्फत सेवा प्रदान गरिरहेको बताए ।
उनले कानूनी, संवैधानिक, स्वास्थ्यका मौलिक विषय र अधिकारहरु राज्यको तर्फबाट सुनिश्चित गरिएअनुसार त्यसमा रेडक्रसले पनि सहयोग गरिरहेको बताए ।
उनले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले रक्तसञ्चार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताए। उनले रेडक्रसले आफ्ना श्रोत साधन पनि व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
उनले रगतको सेवाका बारेमा राज्यले पनि दीर्घकालीन नीतिहरु निर्माण गर्न अपरिहार्य रहेको बताए ।
