काठमाडौँ । अनुसन्धानका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन्।
आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए । त्यसैगरी उनले कानूनी प्रवन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि शुरु गर्ने बताए ।
उनले भने, ‘विपद व्यवस्थापनका लागि कमान सेन्टर स्थापना गरिएको छ । त्यसैगरी यो औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं । गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ । निर्देशिका तयार गर्नेछ । त्यो निर्देशिकाले अब अनुसन्धान गर्नका निमित्त गाँजाको औषधिजन्य प्रयोगका लागि अनुसन्धान गर्नको निमित्त निश्चित क्षेत्रमाचाहे त्यो ल्याव खडा गर्नका निमित्त, चाहे अरु प्रयोजनका लागि होस् । निश्चित यरिया भित्र सुरुवात गर्ने छ । त्यो एक महिना भित्र हामी सम्पन्न गर्नेछौं ।’
उपप्रधानमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकअनुसार कमान सेन्टर स्थापना गरी काम शुरु गरिएको पनि बताए ।