Author: खबरमञ्च
झापा- झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। वर्षासँगै आएको बाढीले मकै बालीमा क्षति पुगेको छ। बिहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा झापाको दमक, कनकाई र अनारमनी वीरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ। झापा-२ सुगाबथान टोल नजिकमा स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी…
काठमाडौँ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ । बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको देखिएपछि कडाइ गरिएको अध्यागमन कार्यालयले जनाएको छ । भिजिट भिसाको नाममा मानव तस्करी हुन थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको तर आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई रोकिएको छैन । सरकारले पछिल्लोपटक ल्याएको कार्यविधिमा छ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने देश भए भिसा नचाहिने, दुईतर्फी हवाई…
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटरको तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटरको एक रुपैयाँले मूल्य घटाएको हो। अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको १ सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १ सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १ सय ६५ रुपैयाँ कायम भएको छ। निगमले डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा १ सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १ सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत एक ५२ रुपैयाँ कायम गरेको छ। निगमले…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा चनाखो भएर भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिएका छन्। शनिवार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कानून निर्माणको पाटोमा चनाखो भएर भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले सांसदहरुलाई जनसरोकारका मुद्दाहरु संसदमा मुखरित गर्न तथा ज्वलन्त मुद्दाहरुमा विशेष तयारीका साथ प्रस्तुत हुन निर्देशन दिएको जानकारी गराए । प्रमुख सचेतक बर्तौलाले संयुक्त सरकारको चरित्र बमोजिम बजेट आउन नसकेपछि राजनीतिक रुपमा बजेटलाई पारित गरेर जाने बताए । उनले सरकारलाई कमजोर बनाउने षड्यन्त्रहरु भइरहे पनि वर्तमान सत्तारुढ समीकरणलाई मजबुत बनाएर अगाडी बढाउने…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महशुस गरेको बताएका छन्। शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए । उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गरे । उनले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताए ।
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन्। शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए। उनले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा एक पटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए ।
झापा । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरेका छन् । जसमध्ये चालू खर्चमध्ये सङ्घीय अनुदान तर्फ फिर्ताका लागि ३ अर्ब रहेको छ । उक्त खर्चको अनुमान गरिएको खर्चको स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्व ४ अर्ब ९८ करोड,…
काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन्। पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो।” चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ। अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान…
काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको लक्ष्य पाएको छ । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन बनाएको हो । दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरीबाट ‘कट एन्ड बोल्ड’ हुनुअघि उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । ट्रिस्टान स्टुब्सले २७ रन बनाए । कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकालाई मध्यम…
काठमाडौँ । आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । शुक्रवार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बोलन्द्र साहले यस्तो घोषणा गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए । उनले महानगर क्षेत्रका सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाइने उल्लेख गरे । उनले सहकारी सूचना केन्द्रको स्थापना गरी वचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने…