काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा चनाखो भएर भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिएका छन्।
शनिवार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कानून निर्माणको पाटोमा चनाखो भएर भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले सांसदहरुलाई जनसरोकारका मुद्दाहरु संसदमा मुखरित गर्न तथा ज्वलन्त मुद्दाहरुमा विशेष तयारीका साथ प्रस्तुत हुन निर्देशन दिएको जानकारी गराए ।
प्रमुख सचेतक बर्तौलाले संयुक्त सरकारको चरित्र बमोजिम बजेट आउन नसकेपछि राजनीतिक रुपमा बजेटलाई पारित गरेर जाने बताए ।
उनले सरकारलाई कमजोर बनाउने षड्यन्त्रहरु भइरहे पनि वर्तमान सत्तारुढ समीकरणलाई मजबुत बनाएर अगाडी बढाउने स्पष्ट पारे ।
Facebook Comments Box
