Author: खबरमञ्च

काठमाडौँ । सर्वाेच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज गरेको छ । आज न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो । सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । 

Read More

काठमाडौँ । विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।

Read More

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर काँग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । उनले २०८४ सम्म काँग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । उनले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन आग्रह गरे ।

Read More

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भई कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए । कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा…

Read More

झापा । अचानक परेको चट्याङ लागेर झापाको कमल गाउँपालिका वार्ड नं २ का एक पुरुषको मृत्यु भएको छ। आज बिहान ७ बजे घरबाट खेततर्फ जाने क्रममा कमल २ का ४६ बर्षिय राजन खड्कालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गम्भीर घाइते भएका खड्कालाई दमकको आम्दा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

Read More

झापा । अष्ट्रेलियालाई पराजित गर्दै भारत आइसीसी टि-२० विश्वकपको सेमीफाइलनमा प्रवेश गरेको छ । भारतले अस्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा जम्मा १८१ रन बनाउन सक्यो । भारतसँगै दक्षिण अफ्रिका र इंल्याण्ड सेमीफाइलनमा प्रवेश गरेको छ । अस्ट्रेलियाले भने अब आफ्नो भाग्यको फैसलाका लागि मंगलबार बिहानसम्म पर्खनुपर्नेछ । अफगानिस्तान र बंगलादेशबीचको खेलले समूहबाट सेमीफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ । सोमबारको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले…

Read More

झापा । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । सोमबार दिउँसो १ः४५ बजेको समयमा कुञ्जिवारीस्थित हुलाकी राजमार्गमा प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३० का उद्धव भट्टराई र दमक नगरपालिका वडा नं. ५ बस्ने बर्ष २६ का इन्द्रप्रसाद तिम्सिनालाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा भट्टराईले लगाएको जुत्ताभित्र लुकाई छिपाई राखेको ६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका रबरको पाइपले कक्षा ७ का विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिए। उनका अनुसार एक महिनाभित्र उनले समितिमा लिखित स्पष्टीकरण दिनु पर्नेछ। स्पष्टीकरण चित्तबुझ्दो नभए निष्कासन गरिने तिवारीले बताए। विद्यालयले भण्डारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेपछि सोमबार बिहान अभिभावकहरूसंग सहमति भएको थियो। सोमबार बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा सर्वपक्षीय छलफल भएको थियो। विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण काँग्रेस बद्नाम भइरहेको बताए । सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए । उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको बताए । उनले नेपाली काँग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए । थापाले भने, ‘हाम्रो राजनीति कस्तो हुँदै गएको…

Read More

झापा । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ का लागि १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमबार नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। बजेटको आयमा संघीय समानीकरणबाट २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँडबाट १३ करोड ९८ लाख, प्रदेश समानीकरणबाट १ करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३४ लाख २० हजार, आन्तरिक स्रोतबाट २० करोड ५० लाख, जग्गा रेटिस्ट्रेसनबाट १२ करोड, संघीय सशर्त चालुबाट २९ करोड ८ लाख ६३ हजार, संघीय सशर्त पुँजीगतबाट ३१ करोड ८० लाख २५ हजार, संघीय विशेष…

Read More