काठमाडौँ । विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।
बहुमत सांसदहरुको समर्थनसँगै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।
Facebook Comments Box