Author: खबरमञ्च
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ । आज बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ को (१) को क, ख, च, प र फ एवम् दफा चार २ को (४), दफा (५) को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख ग र घ समेतको उल्लङ्घन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन…
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताएका छन् । आज काठमाडौँको जोरपाटीमा भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अलमलमा नपर्न पनि आग्रह गरे । उनले भने, ‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने । म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु- यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ। यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २…
झापा । झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले अस्पतालका संस्थापक कोषाध्यक्ष दिवंगत ज्ञानुराम प्रसाईंको तेस्रो स्मृति दिवस मंगलबार स्मृति सभाको आयोजना गरी मनाएको छ। नेकपा एमाले बिर्तामोड नगरका तत्कालीन अध्यक्षसमेत रहनुभएका प्रसाईंको तीन बर्ष अघि आसर २५ गते चारआली चन्द्रगढी सडकमा पर्ने देवकोटामा कार दुर्घटनामा परी निधन भएको थियो। अस्पताललाई एक विघा जग्गा दान दिएका प्रसाईंको सम्झनामा मनमोहन मेमोरियल सामुदायिक अस्पतालले मंगलबार स्मृति सभाको आयोजना गरेको हो। स्मृति सभामा बोल्दै अस्पतालका अध्यक्ष नरेश खरेलले प्रसाईंले अस्पतालका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताए। आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने प्रसाईंको योजना सफल बनाउन सञ्चालक समिति लागिपरेको उनले बताए। आगामी आर्थिक बर्षमा…
काठमाडौँ । कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो बस्ने सचिवालय बैठकमा मुख्यगरी तीन वटा विषयमा छलफल हुने जानकारी दिए । ‘सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायतका विषयमा छलफल हुन्छ’, गौतमले भने । उनका अनुसार सचिवालय बैठकले केही नेताको जिम्मेवारीसमेत हेरफेर गर्नेछ । जनतालाई डेलिभरी दिनसक्ने सरकार गठन गर्ने भनिएकाले पनि यो पटक सरकारमा काम गर्न सक्ने व्यक्ति छानेरमात्र पठाउने तयारी एमालेले गरेको छ । मन्त्री हुनलाई यिनै मुख्य…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन पक्राउ परेपछि सरकार ढाल्न लागेको बताए । उनले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल भएको बताए। रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरूले पनि बेचन झा पक्राउ परेपछि सरकार ढलेको दाबी गरेका छन् ।
झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास सोमबार भएको छ । सोही पुल निर्माणको शिलान्यास नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गरेका हुन्। बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ यसले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने सांसद शर्माले बताए। थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसा रहेको छ। …
झापा । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । हिजो साँझसम्म ३ जना बेपत्ता छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयले बाढीपहिरोमा परी हिजो र अस्ति मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । शनिबार यताको भारी वर्षात्का कारण सबैभन्दा बढी गण्डकी प्रदेशमा पहिरोका कारण ८ जना तथा बाढीले लुम्बिनीमा ३, वाग्मतीमा २, कोशी र उपत्यकामा १–१ जनाको मृत्यु भएको छ ।
काठमाडौँ । शुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने देखिएको जनाएको छ। ‘भोलिदेखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ। तर, भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। बाढी, पहिरोमा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ । यसैगरी बाढी पहिरो तथा विपद्का कारण काठमाडौँमा तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस…