झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास सोमबार भएको छ ।
सोही पुल निर्माणको शिलान्यास नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गरेका हुन्।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ यसले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने सांसद शर्माले बताए।
थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसा रहेको छ।
२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ।
Facebook Comments Box
