Author: खबरमञ्च

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन्। प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए। प्रस्तावमा मत दिन्न भन्नेमा जम्मा १ मत परेको छ। सभामुख घिमिरेले प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका छन्। प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्तावका पक्षमा उनको दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्। प्रस्तावको विपक्षमा नेपाली…

Read More

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन् । उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए । उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे । उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? भनि प्रश्न गरे । उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरु कहाँ…

Read More

काठमाडौँ । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रवार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो । छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीवारदेखि शुक्रवार दिउँसोसम्म बाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेकाहरुको बारेमा खोजी जारी रहेको जानकारी दिए । उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्यांक नभएकाले…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बचाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद नै निल्ने प्रयास गर्ने बताए । उनले काँग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गरे। उनले नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गरे ।  प्रधानमन्त्री दाहालले भने, ‘म काँग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला । काँग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा माओवादीको सबैभन्दा ठुलो लगानी रहेको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले भने, ‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन। उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि…

Read More

काठमाडौँ । गृहमन्त्रालयले रात्री बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । यो विषयमा यातायात व्यवसयीहरूसँग छलफल गर्न लागेको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा. भीष्मकुमार भूसालले जानकारी दिए । बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो । चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको…

Read More

काठमाडौँ। पहिरोमा परेर दुईवटा बससहित त्रिशुली नदीमा बेपत्ता भएका यात्रीहरुको नाम सार्वजनिक गरिएको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट रौतहट जाँदै गरेको बस पहिरोसहित त्रिशूली नदीमा खस्दा करिब ५१ जना बेपत्ता भएका छन्। काठमाडौँ र रौतहट टिकट काउन्टरले प्रहरीलाई उपलब्ध गराएको विवरण अनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन्। काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको बसमा ३१ र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको २१ जना यात्री रहेको विवरण खुलेको छ। काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसका…

Read More

पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका सात जनासहित मृत्यु हुनेको संख्या ११ पुगेको हो । प्रहरीका अनुसार पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता दुई जनाको शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो । पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा बेपत्ता भएकी ११ वर्षीया अनुस्का ओझाको शव फेला परेको छ । यहाँ उनीसहित १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको पनि मृत्यु भएको छ । यसैगरी मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । सत्ताको प्रमुख घटक एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्। उनी पाँचौपटक विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ । तर प्रधानमन्त्रीको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ । यसअघि सत्ता साझेदार रहेका अन्य दलहरुले भने समर्थन फिर्ता लिँदै विश्वासको मत…

Read More

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्नेगरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकमा विभिन्न स्थानमा वर्षा, बाढी र पहिराका कारण सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने निर्णय भएको जानकारी दिइन् ।“सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय भएकामा मुलुकमा…

Read More