Author: खबरमञ्च
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन्। आइतवार मध्यान्ह उहाँ भारत भ्रमणमा निस्किएका हुन्। भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उनी भारत गएका हुन् । उनलाई बिदाइ गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ लगायत अन्य उच्चपदस्थ व्यक्तिहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । औपचारिक भ्रमणका क्रममा दाहाल मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी बन्नेछन् । आइतवार साँझ मोदीको शपथग्रहणमा सहभागी बन्ने र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री गंगा दाहाल लगायत उच्चपदस्थ…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको उनको भनाइ थियो । समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार…
झापा । झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पक्की स्थायी घेराबारा सुरु गरिएको छ । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय इलामको ठेक्क प्रक्रियाबाट रंगशालामा पक्की घेराबारा सुरु गरिएको हो। प्रदेश सरकारको ३६ लाख २५ हजार रुपैयाँको लागतमा रंगशालाको घेराबारा गर्ने काम थालिएको निर्माण कम्पनीका प्रतिनिधि अमीर न्यौपानेले जानकारी दिए। उनले असार मसान्तसम्ममा अहिलेको ठेक्काको काम सक्नेगरी घेराबारा निर्माण भइरहेको जानकारी दिए। बैशाख महिनाको सुरुवातदेखि नै घेराबारा निर्माणको काम सुरु गर्नुपर्ने भए पनि जग्गाको सीमा विवाद समाधान गर्नेपर्ने भएकाले केही दिन ढिलो गरी निर्माण थालिएको न्यौपानेले बताए। घेराबारा निर्माणको काम ओसन वाटर ट्रिटमेन्ट एण्ड कन्स्ट्रक्सन…
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद विघटन गर्नुपरेको बताएका छन्। अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताए । पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरे । दक्षिणपन्थी शक्तिहरुको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरुलाई बुझाइसकेको अवस्थामा हुने ओलीको भनाइ थियो । उनले आफूले तत्कालीन परिस्थितिमा पार्टीलाई…
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टी विभाजन नभएको जिकिर गरेका छन्। शनिवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गरेका हुन्। उनले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरुलाई चोइट्याइए पनि पार्टी यथावत रहेको बताए । उनले केही नेताहरुलाई राज्यले मोहरा बनाएर चोइट्याउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे । उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरु चोइटिएका बताए । अध्यक्ष यादवले निर्वाचन आयोगलाईसमेत घोक्र्याएर जनता समाजवादी पार्टी एकै दिनमा दर्ता गरिएको बताए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान भारत भ्रमणमा जाँदै छन् । यसैबीच उनीसँगै भ्रमणमा जाने टोलीको टुंगो लागेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा जाने निर्णय गर्दै टोलीको टुंगो लगाएको हो। प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ तेस्रो कार्यकालका लागि शपथ ग्रहण लिने भएसँगै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन्। मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन निमन्त्रण गरेको जनाइएको छ।
काठमाडौँ । बंगलादेशले जारी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो। श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो । यो बंगलादेशको यस विश्वकपमा पहिलो खेल हो । यो जितपछि बंगलादेशले समूह डी मा महत्त्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । अब बंगलादेशले अर्को खेल सोमबार…
काठमाडौँ । नेकपा (एमाले) काठमाडौँको सातौं जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि हुने अधिवेशनको तयारी पूरा भएको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए । उनका अनुसार अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशनको बन्दसत्र भने आइतबार काठमाडौँ बैंक्वेटमा हुनेछ । बन्दसत्र सञ्चालनका लागि एमाले पोलिटब्यूरो सदस्य आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको बताइएको छ ।
बिर्तामोड । बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थीक वर्ष ०७९/८० को वेरुजु ४.५४ प्रतिशत छ । यो आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको वेरुजु १२.१२ प्रतिशत उल्लेख थियो । २४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थीक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिए । बिर्तामोडमा सैदान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु , प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुलउपर गर्नु…
काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छकी छैन’ सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ। भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ। कोरियोग्राफी शिशिर खातीले गरेका छन्। शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन्। गीत श्री ईश्वरी प्रडक्सनबाट सार्वजनिक गरिएको छ। गीतको भिडियोः