काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन्।
आइतवार मध्यान्ह उहाँ भारत भ्रमणमा निस्किएका हुन्। भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उनी भारत गएका हुन् ।
उनलाई बिदाइ गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ लगायत अन्य उच्चपदस्थ व्यक्तिहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
औपचारिक भ्रमणका क्रममा दाहाल मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी बन्नेछन् । आइतवार साँझ मोदीको शपथग्रहणमा सहभागी बन्ने र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री गंगा दाहाल लगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु रहेका छन् । प्रधानमन्त्रीको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
