काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान भारत भ्रमणमा जाँदै छन् । यसैबीच उनीसँगै भ्रमणमा जाने टोलीको टुंगो लागेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा जाने निर्णय गर्दै टोलीको टुंगो लगाएको हो।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ तेस्रो कार्यकालका लागि शपथ ग्रहण लिने भएसँगै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन्।
मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन निमन्त्रण गरेको जनाइएको छ।
Facebook Comments Box
