काठमाडौँ । नेकपा (एमाले) काठमाडौँको सातौं जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ ।
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि हुने अधिवेशनको तयारी पूरा भएको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
उनका अनुसार अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशनको बन्दसत्र भने आइतबार काठमाडौँ बैंक्वेटमा हुनेछ ।
बन्दसत्र सञ्चालनका लागि एमाले पोलिटब्यूरो सदस्य आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको बताइएको छ ।
Facebook Comments Box
