Author: खबरमञ्च

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन्। बुधवार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । उनले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताए । उनले विधिको शासन भन्दा पर जान नसक्ने पनि बताए । उनले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आए पनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको बताउनु भयो । उनले भने, ‘नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् । त्यसमा हामी सजग छौँ…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा सहमति हुनु कोशेढुंगा भएको बताएका छन्। बुधवार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । उनले चालु अधिवेशनबाटै शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्ने प्रतिवद्धता जनाए । उनले अब कानूनको हिसावले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा रहेको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रुप दिन कुनै अन्योलता नरहेको जिकिर गरे । उनले संसदको समितिले सर्वसम्मतिले पारित गरेर पठाउने विश्वास व्यक्त गरे । शान्ति प्रक्रिया टुंग्याउन प्रतिक्षा गर्नुपर्ने कुनै कारण नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले पुरानै शान्ति प्रक्रियाको अवशेष बाँकी रहनु…

Read More

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आज (बुधबार)देखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिना अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १०…

Read More

एजेन्सी । मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त भएका छन् । नोबेल पुरस्कार बिजेता युनुसले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएपछि उनी नियुक्त भएका हुन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनको अध्यक्षतमा बसेको बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको हो । प्रदर्शनकारी विद्यार्थीहरूले युनुसलाई अन्तरिम सरकारका प्रमुखका लागि प्रस्ताव गरेका थिए । नोबेल पुरस्कार विजेता युनुसले अबको ३ महिनाभित्र निर्वाचन गराउने छन् । युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्। मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनै पनि खालको अनुमति नदिएको जिकिर पनि गरे । उनले आफूमाथि राजनीतिक रुपमा कुनै लाञ्छना लगाउने काम भए पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्याए । भ्रष्टाचार नगर्ने र अरुलाई पनि आफूले भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दृढता थियो । उनले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि बताए ।  प्रधानमन्त्री ओलीले भने, ‘मैले पहिले पनि…

Read More

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदमा समितिमा विचाराधीन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेश गर्न आग्रह गरेका छन् । मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा बिजनेस नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी संसदमा पेश गर्न समितिसमक्ष आग्रह गरे । उनले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गरे । उनले विचाराधीन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताए। उनले भने, ‘भोलि यसले अन्य जटिलता पनि नआओस् भन्ने माननीयज्युहरुको भावना रहेकाले त्यसमा छलफल सम्बन्धित मन्त्रालयसँग गरेर अघि बढ्दा मन्त्रालय सहमत…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी रहेको बताएका छन्। मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले विभिन्न विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रुपमा पाउने पहिलो अधिकार भए पनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गरे । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन् । व्यवसायिक प्रयोजनका लागि जमिन मुनीको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रश्तावित व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको…

Read More

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो माग गरेका हुन्। उनले सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी समेत दिए । उनले आफूहरु संविधान संशोधनको विपक्षमा नरहेको भन्दै संविधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका संशोधन भए समर्थन गर्ने बताए । उनले अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा परिमार्जन नभइ जनताको अधिकार कटौति गर्ने उद्देश्य रहेको जिकिर गरे। उनले दुई राजनीतिक दलहरु मिलेर मात्रै संविधान संशोधन हुन…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले कसैप्रति पूर्वाग्रह नराख्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकार तत्पर रहेको बताए । उनले देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न पनि सोही अनुसारको ऐन आवश्यक परेको बताए । उनले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन आवश्यक…

Read More

झापा । झापाका पत्रकार टिकाराम नेपालकी श्रीमती मञ्जुकुमारी नेपालको रकम दाबी गरिएकोमा नक्कली मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बनाउने काममा बैंककै पूर्व कर्मचारी प्रमोद सिटौलाको संलग्नता रहेको प्रभु बैंकले जनाएको छ। बैंकले दोस्रो प्रेस विज्ञप्ति जारी गर्दै सामान्य बैंकिङ अभ्यास बिपरित सम्बन्धित खातामा रकम नै दाखिला नगरी नक्कली कागजात बनाउने कार्यमा सिटौलाको संलग्नता रहेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ। सिटौला हाल बैंकको सम्पर्क बाहिर रहेकोले उनी उपर बैंकको कर्मचारी विनियमावली बमोजिम कार्बाही अघि बढाइएको बताइएको छ। आफ्नो श्रीमतीको नाममा जम्मा गरिएको एक करोड १९ रुपैयाँबाट एक करोड १० रुपैयाँ मुद्दति खातामा जम्मा गरिएको पैसा म्याच्योर्ड भएपछि पैसा…

Read More