काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा सहमति हुनु कोशेढुंगा भएको बताएका छन्।
बुधवार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । उनले चालु अधिवेशनबाटै शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्ने प्रतिवद्धता जनाए ।
उनले अब कानूनको हिसावले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा रहेको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रुप दिन कुनै अन्योलता नरहेको जिकिर गरे ।
उनले संसदको समितिले सर्वसम्मतिले पारित गरेर पठाउने विश्वास व्यक्त गरे । शान्ति प्रक्रिया टुंग्याउन प्रतिक्षा गर्नुपर्ने कुनै कारण नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले पुरानै शान्ति प्रक्रियाको अवशेष बाँकी रहनु उचित नभएकाले टुंग्याइएको बताए ।
Facebook Comments Box