Author: खबरमञ्च

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्। बिहीवार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् । उनले ‘म धेरै नबोल्ने’ भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए। प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए । उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए । उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए। उनले पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताए । विशेषगरी…

Read More

एजेन्सी । बङ्गलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा  प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ । उत्तर–पूर्वी शहर सिल्हेटका एक अधिकारीले प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुतर्फ  अश्रुग्यास छर्न बाध्य भएको बताएका छन् । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ । रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । यस्तै झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ । पक्राउ परेकाहरुको रिहाइका लागि विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका…

Read More

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य २ रुपैयाँले घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा पार्टीको बैठक सरकारी निवास वालुवाटारमा नराख्ने घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’ नेकपा एमालेको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने उल्लेख गरे । सोही अनुसार आजको एमाले सचिवालय वैठक…

Read More

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् ।  अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान ८ः५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तलाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका थिए । उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ । बुधबार बिहान सरसफाई कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका…

Read More

काठमाडौँ । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्ष ३९ का रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका खड्का जिल्ला काठमाडौं साविक का.जि. का.म.न.पा.–३५ हाल का.म.न.पा.–३२ बस्ने वर्ष ३९ का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको…

Read More

झापा । तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ। बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्काको त्यही मृत्यु भएको हो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। खड्काको स्वास्थ्यमा असहज भइ आम्दा अस्पताल धुलाबारी लगिएकोमा उपचारको क्रममा १:५५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। साउन १३ गते बिहान ९:४५ बजे मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका…

Read More

काठमाडौँ । नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । गएरातिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ सेयर गरेका छन् । गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् ।

Read More

मोरङ । मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरा प्रहारबाट हत्या भएको छ । मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले छुरा प्रहार गर्दा दाहालको मृत्यु भएको हो । घटना लगत्तै  ५ नं. वडाका वडाध्यक्ष रविन लामाले कुशललाई उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्याएका थिए। गोदावारी अस्पतालमा उपचार हुन नसकेपछि दमकको लाइफ लाइन अस्पताल पुर्याइएका दाहालको त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते दाहालको  विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । यसअघि पटकपटक हत्या अभियोगमा जेल…

Read More

झापा । सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीन युवा पक्राउ परेका छन् । हिजो दिउँसो ३.१० बजे झापा गाउँपालिका वडा न. १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को.३२ प.८९७४ नम्वरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा दमक नगरपालिका वडा न.१२ बस्ने २६ वर्षीय मनिश थापाले प्रहरीलाई देख्नासाथ कालो प्लाष्टिकको पोका भुइँमा फाली भाग्न खोजेका थिए । उनीसंगै रहेका दमककै २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लाष्टिकको पोका खोली हेर्दा ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप…

Read More