मोरङ । मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरा प्रहारबाट हत्या भएको छ ।
मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले छुरा प्रहार गर्दा दाहालको मृत्यु भएको हो ।
घटना लगत्तै ५ नं. वडाका वडाध्यक्ष रविन लामाले कुशललाई उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्याएका थिए।
गोदावारी अस्पतालमा उपचार हुन नसकेपछि दमकको लाइफ लाइन अस्पताल पुर्याइएका दाहालको त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्याइएको थियो ।
छुरा प्रहारबाट गम्भीर घाइते दाहालको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
यसअघि पटकपटक हत्या अभियोगमा जेल परेका सुवास भरखरै मात्र ८ वर्ष हिरासत बसेर आएका थिए । सुवासलाई प्रहरीले खोजी गरिरहेको छ ।
