काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्।
बिहीवार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् । उनले ‘म धेरै नबोल्ने’ भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए।
प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए । उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए ।
उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए। उनले पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताए ।
विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बालेनले बताए ।