Author: खबरमञ्च

झापा । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा उनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मंगलबार बिहान ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ९ बजे बाह्रदशी २ जनता बजारस्थित भित्री सडक खण्डमा कुटिबाट राजगढतर्फ आउँदै गरेको मे. ४ प ५१५६ नम्बरको मोटरसाइकलले पैदलयात्री तामाङलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि बसेका कचनकवल-१ बस्ने १९ वर्षीय श्रवण राजवंशी सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक कचनकवल-१ पिण्डलबारीका १९ वर्षीय देवराज राजबंशी जिल्ला प्रहरी…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका हुन् । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’  बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामति ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।

Read More

काठमाडौं । आगामी असोज ३ गते संविधान दिवसको दिन सरकारबाट हुने कैद मिनाहाका लागि देशभरबाट ६ सय २० जना कैदीबन्दी सिफारिस भएका छन् । कारागार व्यवस्थापन विभागले देशभरका कारागारबाट आएको ६ सय २० जना कैदीबन्दीको विवरण सार्वजनिक गरेको हो । वर्ष कैद मिनाहा पाउने व्यक्तिको विषयमा विवाद नआओस भनेर नै कारागार व्यवस्थापन विभागले कैदीहरूको सूची सार्वजनिक गरेर नागरिकको प्रतिक्रिया मागेको हो । कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार कर्तव्य ज्यान मुद्दामा जेल परेका व्यक्तिलाई कैद मिनाहा दिन पीडित परिवारले स्वीकृति नदिए यो सिफारिस कार्यान्वयन हुने छैन । कारागार व्यवस्थापन विभागका अनुसार कैद कट्टाको सिफारिसविरुद्ध जनताको प्रतिक्रिया आउने क्रममा छ…

Read More

झापा । देशभर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई करको दायरामा ल्याउन सरकारले गरेको निर्णयको विरोध गर्दै देशव्यापी आन्दोलनमा होमिन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ झापाले महासंघको केन्द्रीय समितिलाई आग्रह गरेको छ। आइतबार झापाको चन्द्रगढीमा आन्तरिक राजश्व कार्यालयमा भेला भएका जिल्लाभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूका पदाधिकारीहरू सम्मिलित बैठक आन्दोलनमा होमिन केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको हो। नयाँ आर्थिक बर्षदेखि देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई करको दायरमा ल्याउन सरकारले उर्दी जारी गरेपछि उनीहरूले देशव्यापी आन्दोलनमा तयारीमा जुटेका हुन्। जिल्लाभरका स्थानीय तहलाई पनि खानेपानी सम्बन्धी कानुनी व्यवस्था गर्न पनि आइतबारको बैठकले निर्णय गरेको छ। अधिकांश खानेपानी आयोजनाहरू ऋणमा रहेका…

Read More

काठमाडौं । आज साउनको अन्तिम सोमवार देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका अन्य शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् । त्यस्तै महोत्तजरीको जलेश्वरनाथ, टुटेश्वरनाथ लगायतका मन्दिरमा पनि भक्तजनको भिड लागेको छ ।

Read More

काठमाडौँ । आइतबार एकसाथ आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका छन् । आइतवार काठमाडौंको राष्ट्रिय नाचघरमा यस बर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका हुन् । कार्यक्रममा सामुहिक विमोचनसँगै विकृतिजन्य गीतहरको बारेमा पनि अन्तर्क्रिया गरिएको थियो । सारी लरक्कै, बाबाको आँगनीमा, फेरि आयो तीजै, चेलीलाई माइती, कालो कपाल पारेर फरर लगायतका गीतहरु एकसाथ विमोचन भएका हुन् । सो अवसरमा गीतका सर्जक, एवं गायक गायिकाहरुले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए । नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनश्चित गरौँ भन्ने नारासहित राष्ट्रिय लोक सञ्चारकर्मी…

Read More

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रमा धेरै बेथिति रहेको बताएका छन्। आइतवार आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज)को २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रका बेथिति देख्दा आगोको भुङ्ग्रोमा उभिएको ‘झाँक्री बा’ जस्तै अनुभव भएको टिप्पणी गरेका हुन् । उनले सञ्चार क्षेत्रमा हुने कुनै पनि काममा कानून मिच्ने गरेको र बेतिथि रहेको बताए । उनले अहिले आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएर बसेको तर आगोमा उभिएर ज्यान बचाइ काम गर्ने बताए। उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयभित्र रहेका बेथितिहरुलाई अन्त्य गर्दै आगामी दिनमा नेपालको आफ्नै स्याटलाइट बनाउने बताए । उनले आगामी चार…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन्। आइतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन् । उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे । उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भए पनि सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पुर्याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए । नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर…

Read More

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तिमा ५ लाख पुर्याउने घोषणा गरेका छन्। आइतवार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्। स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पुर्याउने गरी त्यसको नीतिगत र कानूनी व्यवस्थापनमा पुनरावलोकन पनि गर्नेगरी कार्ययोजना तय गरिएको मन्त्री पौडेलले बताए। त्यसैगरी सरकारले बीमा सेवालाई गुणस्तरीय र यसको प्रक्रियालाई सहज बनाउन पनि लागिपर्ने प्रतिवद्धता उल्लेख गरिएको छ । मन्त्री पौडेलले सरकारले भिन्नभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा दिइरहेकामा सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रमलाई विमाको छाता भित्र राख्न आवश्यक प्रवन्ध गरिने पनि बताए।  उनले भने, ‘स्वास्थ्य…

Read More

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिस्री साउन २८ गते काठमाडौँबाट स्वदेश प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

Read More