Author: खबरमञ्च
काठमाडौँ । मन्त्रिपरिषद बैठकले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए। अर्याल हाल गृहसचिव छन्। तत्कालीन मुख्यसचिव लीलादेवी गड्तौला उमेरहदका कारण भदौ १४ गते अवकाशमा जाँदैछिन्।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्याप्त प्रमाण भएकै आधारमा सहकारी ठगी छानबिन समितिले रवि लामिछानेसँग बयान लिएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । लामिछानेलाई सफाइ दिएको नभइ उनको बयान लिइएको महामन्त्री थापाले बताए। महामन्त्री थापाले समितिमा बयान भएको र प्रमाणकै आधारमा फैसला आउने बताए। महामन्त्री थापाले भने, ‘यहाँ केही सांसदले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेको सुनियो । हामीसँग भएको तथ्य प्रमाण साथीहरूले पक्कै लिएर गएका होलान् । ९ मिनेटमा चट् भनेको ९ घण्टा बयान दिनुपर्ने अवस्था तथ्य प्रमाण भएकाले नै आएको होइन ? सभापति सूर्य थापालगायत समितिमाथि…
झापा । पटकपटक म्याद थप्दासमेत काठमाडौको कन्टेक प्रालिले पूरा गर्न नसकेको बिर्तामोड–चन्द्रगढी सडक निर्माण गर्ने जिम्मेवारी बिर्तामोडको कञ्चन निर्माण सेवाले पाएको छ । केदार गिरी प्रोप्राइटर रहेको कञ्चन निर्माण सेवाले जिम्मेवारी पाएपछि अब सडक निर्माणले तीब्रता पाउने विश्वास पलाएको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । कन्टेक प्रालिले २०७७ माघ ६ गते उक्त सडक निर्माणको ठेक्का संझौता गरेको थियो । पाएको अवधिभित्र सम्पन्न गर्न नसकेपछि पटकपटक म्याद थप गरिएको थियो । म्याद थप्दासमेत कन्टेकले निर्माण सम्पन्न नगरेपछि स्थानीयले पटकपटक चक्काजाम गर्दै आन्दोलनसमेत गरेका थिए । तर पनि कन्टेकले वास्ता नगरेपछि कंचन निर्माण सेवालाई जिम्मेवारी दिइएको हो । हालसम्म कन्टेक…
नेपालगञ्ज । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको डिएसपी डाँगीले जानकारी दिए । यसअघि सोही दुर्घटनामा परेर दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक…
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए । ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उनले भने– ‘उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध हामी सडकमा आउँछौं ।’ आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान नरोक्न पनि उनले सचेत गराए । अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार बिहीबार राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरे। संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिनेछ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढेको बताएकी छन्। बिहीवार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन्। उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको बताइन् । उनले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइन् । राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उनको भनाइ छ । उनले सिटीईभिटीलाई पुनःसंरचना गर्नका लागि काम अगाडी बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनःसंरचनाका लागि आवश्यक काम गर्न दुई…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाएका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताए। भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरु स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गर। उनले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरुलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताए। प्रधानमन्त्री ओलीले १०…
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छिन् । आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् । महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी थिइन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाएकी थिइन् ।
काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो । बैठकले मुख्य सचिव नियुक्तिलगायतका बारेमा छलफल हुने बताइएको छ । हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकी छन् । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव हुन् । गड्तौलापछि डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार छन् ।