काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छिन् ।
आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् ।
महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी थिइन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाएकी थिइन् ।
Facebook Comments Box
